रौतहट, कार्तिक २६ I पर्साको क्षेत्र नम्बर ४बाट प्रतिनिधि सभाका एमालेका उम्मेदवार रहेका जालिम मियाले करोडौ रुपैया भ्रष्ट्राचार गरेको आरोप लागेको छ ।हालै समपन्न भएको स्थानिय चुनाव अगाडि गाउपालिको अध्यक्ष रहेको वेला मियाले करोडौ रुपैयाको काम कागरमा देखाए व्यापक भ्रष्ट्राचार गरको आरोप स्थानियले लगाएका छन् ।
पर्सा जगरनाथपुर गाउँपालिका अध्यक्ष हुँदा जालिम मियाँ गए पुसमा माओवादी त्यागेर एमाले प्रवेश गरेका थिए ।आफ्नै साली पर्ने एक बालिकालाई मियाको छोराले बलात्कार गरको आरोपमा पर्सा प्रहरीले मुदा चलाउदा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले सहयोग नगरेको रिसमा मिया प्रचन्डलाई त्यागदै आलीले प्रतिनिधि सभाको उम्मेदवार बनाउने सर्तमा एमाले पार्टी प्रवेश गरेका थिए ।
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीलाई हेलिकप्टर मार्फत जगरनाथपुर मै बोलाई जालिम दलबल सहित एमाले प्रवेश गरेका थिए । आफ्नै पार्टी प्रवेश कार्यक्रममा त्यसबेला गाउँपालिका अध्यक्ष रहेका जालिमले गैरकानुनी रुपले विभिन्न शीर्षकमा गाउँपालिकाको ३५ लाख रुपैयाँ सडक मर्मतमा खर्च गरेको नेपाली कांग्रेसबाट बिजयी भएको बर्तमान गाउपालिका अध्यक्ष श्रीकान्त यादवको आरोप छ ।
गाउपालिका अध्यक्ष भएको बेलामा गरको भ्रष्ट्राचार र अनियमितताको बिरोधमा १४बटा भन्दा बढी उजुरी अख्तियार दुरुपयोग आयोगमा परको स्थानिय सहरुम राउत गदि बताउदैले भने, ‘जेलमा हुने मान्छे ,चुनावमा उम्मेदवार बनेको छ । ’
जालीमले गरको भ्रष्ट्राचारको सप्रमाण आफुलगायत विभिन्न स्थानिय वासीले १४वटा उजुरी दिएकोमा अख्तियारको कार्यवाहिमा तिब्रता नउनुमा राउतले खुलेरै संका व्यक्त गरे । उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि राजनीतिक कार्यक्रममा गाउँपालिका, नगरपालिका वा महानगरपालिकाको बजेट खर्च गर्न पाईदैन् ।
तर, गाउँपालिका अध्यक्ष जालिम आफु एमाले पार्टी प्रवेश गरको बेलाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको मिलेमतोमा पार्टी प्रवेश कार्यक्रममा मात्र ३५ लाख रुपैयाँ खर्च गरेका छन् । गाउँपालिकामा आउने नेपाल सरकार समानिकरण अनुदानको बजेटबाट जालिमले उक्त रकम खर्च गरेका हुन् ।तर अहिलेसम्म नत अख्तियारले जालिमलाई नै कार्यवाहि गरको छ ,नत तत्कालिन प्रमुख प्रशासकीय अधिकृतलाई नै कार्यवाहि गरको छ ।’
गाउँपालिकाबाट प्राप्त अभिलेखका पूर्व प्रधानमन्त्री केपी ओलीको भाषण गर्ने स्थलको मर्मत सम्भार तथा व्यवस्थापनमा ५ लाख, गाउँपालिकाको विभिन्न ठाउँमा होडिङ बोर्ड निर्माण तथा लेखन खचर्मा ५ लाख, गाउँपालिकाको कार्यालय देखि बड्का पुल हुँदै पूर्व प्रम केपी ओली ल्यान्ड गर्ने हेलिप्याड सम्मको बाटो मर्मतका लागि ५ लाख, गाउँपालिकामा भवन उद्घघाटन,
राष्ट्रिय झन्डा र मुख्य गेट निर्माणमा ५ लाख, सोहरी सुहुपुर लक्ष्मीपुर पिपरदारी जगरनाथपुर सम्मको बाटो मर्मत सम्भार तथा व्यवस्थापन ५ लाख, सुपौलाीको पिच देखी गाउँपालिकाको पशु बजार हुदै पूर्व प्रम केपी ओली भाषण गर्ने स्टेडियम सम्मको बाटो मर्मत ५ लाख, केपी ओलीको सम्मान कार्यक्रम तथा विविधमा ५ लाख गरी ३५ लाख रुपैयाँ खर्च गरिएको कागजमा देखाइएको छ ।
उक्त कार्यक्रममा जलिम र उनका भाई मोसालि मिया लगायत स्थानिय केहि कार्यकर्ताहरु एमाले पार्टी प्रवेश गरेका थिए । पूर्व सहमति बमोजिम गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जालिम अध्यक्षमा उठेनन् । उनका भाई मोसालिम जगरनाथपुरको अध्यक्षमा उठेका थिए । अनेक भ्रष्टचार प्रकरणका कारण पंचायती व्यवस्था देखि जालिम परिवारको ठुलो पकडमा रहेको स्थानिय जगरनाथपुर गाउनपालीकाले उनका भाई मोसालिमलाई हराउदै कांग्रेसका उम्मेदवार श्रीकान्त यादवसँग ठूलो मतान्तरले बिजयी बनाएको छ ।
संसदको टिकट पाउने सर्तमा एमाले छिरेका जालिम अहिले पर्सा ४ नम्बरमा कांग्रेसका रमेश रिजाल विरुद्ध उम्मेदवारी दिएका छन् ।कार्यकारी अवसर पाउँदा पदको दुरुपयोग गरि कसरी सरकारी पैसा खर्च गरिन्छ भन्ने तत्कालिन गाउँपालिका अध्यक्ष र हालका एमालेबाट पर्सा ४ का उम्मेदवार जालिम मियाको यस्ता धेरै उदाहरणहरु रहेका छन् ।
तत्कालिन प्रशासकीय अधिकृत राज कुशवाहासँगको मिलेमतोमा जालिमले सडक ढलान बिना भुक्तानी गरेको, छात्राहरुको स्नेटरी प्याड कागजमा खरिद देखाएर भुक्तानी गरेको, गाउँपालिकाको धरौटी खाता निल गरेकै कारण अन्तिम आर्थिक वर्षको राज कुशवाहाले गाउँपालिकाको महालेखा परीक्षकबाट लेखा परीक्षण समेत नगराएको पाइएको छ ।
यसैगरी जगरनाथपुर गाउँपालिकाको अध्यक्ष हुँदा जालिमले कागजमा मात्र माटो पुरि सडक स्तरोन्नती देखाएर ४७ लाख ४८ हजार रुपैयाँ भ्रष्टचार गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ स्थित हुलाकी सडकको मन्साराम चोक देखि मोर गाउँ जाने सडकमा माटो पुरेर सडक स्तरोन्नतीका लागि ४७ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
स्थानीयका अनुसार मोर हुलाकी सडकबाट मोर जाने कच्ची सडकमा एक ट्याक्टर माटो पनि न खसालिएको स्थानियको आरोप छ ।४७लाख खर्च भएको उक्त बाटोमा अहिले पैदल हिड्नसक्ने अवस्था समेत नरहेको रहेको स्थानीय ओमप्रकाश चौधरीले बताए ।
गाउँपालिका स्रोतका अनुसार जालिमले कागजमा माटो पुरेको देखाएर मात्र नभई ढलान नै नगरि समेत पैसा भुक्तानी गराएका छन् । स्रोतका अनुसार छात्राले प्रयोग गर्ने स्नेटरी प्याड समेत कागजमै खरिद देखाएर जालिमले आफू निकटका आपूर्तिकर्तालाई भुक्तानी दिलाएका छन् ।