२८ कार्तिक,रौतहट। रौतहट क्षेत्र नं २ ख मा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सभा सदस्यको लागि उम्मेदवार बनेका कनिश पटेलले आफू निर्वाचित भए भ्रष्टाचार मुक्त समाज बनाउने बताएका छन् ।
त्यसका लागि जनताले रौतहट २ (ख) मा नेकपा एसको कलम छापमा मतदान गर्न जनतालाई आग्रह गरे।
परोहा नगरपालिका वडा नम्बर २ जिग्डवामा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पटेलले चुनाव जिते भ्रष्टाचार मुक्त समाजको निर्माण गर्ने बताए।
पटेलले भ्रष्टाचारको अन्तयका लागि जनताले रौतहट क्षेत्र नं २ ख मा कलममा मतदान गर्न आह्वान पनि गरे।
उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए ।
‘आफ्ने बाचापत्रमा सबै प्रष्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके फेरी फर्केर मत माग्न आउँदिन,’ उनले भने, ‘देशमा अनेकौं समस्या रहेको र यसको समाधानमा पुराना सांसदहरुले चासो दिएनन्।’