चुनाव जिते भ्रष्टाचार मुक्त समाज निर्माण गर्छु: कनिश पटेल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ कार्तिक २८, सोमबार (३ साल अघि)
  • ६ पटक पढिएको
चुनाव जिते भ्रष्टाचार मुक्त समाज निर्माण गर्छु: कनिश पटेल

२८ कार्तिक,रौतहट। रौतहट क्षेत्र नं २ ख मा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सभा सदस्यको लागि उम्मेदवार बनेका कनिश पटेलले आफू निर्वाचित भए भ्रष्टाचार मुक्त समाज बनाउने बताएका छन् ।

त्यसका लागि जनताले रौतहट २ (ख) मा नेकपा एसको कलम छापमा मतदान गर्न जनतालाई आग्रह गरे।

परोहा नगरपालिका वडा नम्बर २ जिग्डवामा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पटेलले चुनाव जिते भ्रष्टाचार मुक्त समाजको निर्माण गर्ने बताए।

पटेलले भ्रष्टाचारको अन्तयका लागि जनताले रौतहट क्षेत्र नं २ ख मा कलममा मतदान गर्न आह्वान पनि गरे।

उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए ।

‘आफ्ने बाचापत्रमा सबै प्रष्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके फेरी फर्केर मत माग्न आउँदिन,’ उनले भने, ‘देशमा अनेकौं समस्या रहेको र यसको समाधानमा पुराना सांसदहरुले चासो दिएनन्।’

ताजा अपडेट

खोजी गर्नुहोस