ओम प्रकाश यादव
कार्तिक ३० गते, रौतहट ।
रौतहट क्षेत्र नं ४ (ख) का प्रदेश सांसदका उम्मेदवार शेख अब्बुल कलाम आजाद उर्फ फुलबाबुले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफनो जीत सुनिश्चित रहेको दाबी गरेका छन ।
निर्वाचनको दिन नजिकिएसंगै जनताको रुझान आफनो तर्फ बढ्दै गएकोले आफनो जीत कसैले रोक्न नसक्ने उनले ठोकुवा गरे ।
बुधवार पत्रकारहरुसंग कुराकानी गर्दै उम्मेदवार फुलबाबुले यसअघि आफु स्वतन्त्रबाट प्रदेश सांसदमा निर्वाचित हुँदा क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार लगाएत क्षेत्रमा उल्लेखनीय विकास निर्माणका कामहरु गरेकोले आफुले गरेको विकासको आधारमा जनता फेरी आफुलाई नै जिताउन आतुर रहेको बताएका छन् ।
जनतामा आफनो ठुलो लगानी रहेकाले यहाँका अधिकांश जनता पुन आफुलाई नै रोज्न आतुर रहेकोले आफनो जित सुनिश्चित नै रहेको उनी दावी गर्छन ।
आफु घरदैलो गर्दा आफना पक्षमा जनताको ठुलो भिड नै ओर्लिन थालेको र गाउँ गाउँमा समर्थन गर्नेहरुको संख्या दिनदिनै बढदै जानु नै आफनो जीतको सबभन्दा ठोस वा प्रमुख आधार रहेको उनले बताए ।
उनले भने कुनै नेता जनताको ताकतले जित्ने हो, जो संग जनमत हुन्छ उ चाही चुनाव जित्छन त्यसरी नै मसंग जनताको अपार माया, स्नेह र समर्थन छ, म संग जनमत छन त्यसैले म चुनाव जित्छु त्यसमा कुनै संका छैन ।
आफनो कसैसंगै प्रतिस्पर्धा नरहेको दाबी गर्दै फुलबाबुले जनमत आफनो पक्षमा रहेकोले कसैको जालझेल र प्रलोभनमा नपरी निर्धक भएर छाता छापमा मत्दान गरी बहुमत सहित आफुलाई निर्वाचित गराउन उनले सबैलाई आग्रह गरे ।
त्यस्तै समानुपातिक तर्फका एमाले जसपाका प्रदेश सांसदका संयुक्त उम्मेदवार रन्जु दासलाई पनि छातामा मतदान गरी विजयी बनाउने उनले सबैलाई आग्रह गरे ।
जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सदस्य राजकुमार दासले रौतहट क्षेत्र नं ४ मा एमाले र जसपा गठबन्धनका उम्मेदवारहरु प्यानल सहित विजयी हुने दावी गरेका छन ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव रेग्मी र ख का प्रदेश सांसदका उम्मेदवार फुलबाबुको जीत सुनिश्चित नै रहेकोले कसैको प्रलोभनमा नपरी छातामा मतदान गर्न नेता दासले सबैलाई आग्रह गरेका छन ।
एमाले जसपा गठबन्धनतर्फ जनता निकै आकर्षित र उत्साहित रहेकोले एमाले जसपा गठबन्धनका उम्मेदवारहरु उद्धव रेग्मी, फुलबाबु र रन्जु दास अहिले नै विजयी भइसकेको र मंसिर ४ गतेसिछ विजयी जुलुस निकाल्न मात्र बाँकी रहेको उनले दावी गरे ।