रौतहट । मंसिर ८ गते ।
रौतहटको गौरमा आगलागी हुँदा ३ जना बालबालिकाको ज्यान गएको दुःखद खबर छ भन्ने ३ जना घाइते भएको प्रहरीले जनाएको छ । गएराती आगलागी हुँदा रूकसाना खातुन,ईमरान मन्सुरी र सबिना खातुनको ज्यान गएको हो । गौर नगरपालिका १ को इस्लाम कपडा तथा सिरक डसना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । यो पसल गौर नगरपालिका १ मा रहेको थियो । घाइते ३ जनाको सदरमुकाम गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप जानकारी आउन बाँकि छ ।