बिमलेश कुमार झा
१४ मंसिर । रौतहट। सुरक्षित आप्रवासन कार्यक्रम(सामी) का संयोजक अरबिन्द चौधरीले गत चालू आर्थिक वर्षको ०७७/०७८ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति गराइ वैदेशिक रोजगारमा जानेको सङ्ख्या ५८ लाख भन्दा बढी नाघेको जानकारी गराएका छन्।
चौधरीले श्रम स्वीकृति लिई पछिल्लो आ.व. ०७७/०७८ मा ५८ लाख भन्दा बढी वैदेशिक रोजगारमा गएको बताएका छन्।
रौतहटको मध्य भाग गरुडामा हेल्भेटासको प्राविधिक सहयोग र माणडवी संस्थाद्वारा आयोजना गरिएको वैदेशिक रोजगारका कारण हुने लैङ्गकि हिंसालाई न्युनिकरणका लागि पत्रकारहरुसँग अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक चौधरीले वैदेशिक रोजगारमा गएको ५८ लाखको २७ प्रतिशत मधेस प्रदेशबाट विदेशिएको जानकारी गराएका छन्।
नेपाल सरकार र स्विजरल्याण्ड सरकारबिचको द्धिपक्षिय सम्झौता बमोजिम जारी तेश्रो चरणको सुरक्षित आप्रवासन सामी कार्यक्रम रौतहटमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व स्थानिय सरकारको समन्वयमा सेवा प्रदायक संस्था माण्डवीद्धारा सञ्चालीत छ । यस जिल्लामा चार वटा स्थानिय तहमा सामी कार्यक्रम सञ्चालनमा रहेको चौधरीले जानकारीगराउनुभयो ।
मधेस प्रदेशमा रहेका आठ वटा जिल्ला मध्ये धनुषाबाट सबैभन्दा बढी विदेशिएको तथ्यांकले बताएका छन्।भन्ने सबभन्दा कम पर्सा जिल्लाबाट युवाहरु विदेशिएको छ।
चौधरीले विना श्रम सम्झौता विदेशिएका युवाहरु अलपत्रमा तथा ठगी धन्दामा पर्ने गरेको बताएका छन्।
चौधरीले विदेश पठाउने एजेन्ट वा मेनपावरलाई पासपोर्ट दिनुभन्दा अघि आफ्नो मोबाइलको मैसेज बक्समा गएर PP लेखी एक स्पेस दिई आफ्नो पासपोर्ट नम्बर डाएल गरि ३४००१ मा सेन्ड गरि कम्पनीसँग सम्झौता भएको तलब, काम गर्ने समय लगायतका विवरणहरु चेकजाँच गरि विदेश जान आग्रह गर्नु भयो।
चौधरीले यदि यो सम्पूर्ण विवरण नबताए एजेन्ट वा मेनपावरलाई आफ्नो पासपोर्ट नदिन विदेशिने युवाहरूसँग आग्रह समेत गरे।
देशमा रोजगारको अवसर नपाएर आफ्नो सपना पूरा गर्न विदेशिने लहरनै चलेको देखिन्छ। वैदेशिक रोजगारमा जाने अदक्ष कामदारहरूले विभिन्न समस्या झेल्दै आएका छन् । आवश्यक सीप–दक्षताको अभावमा धेरैजसोले ज्यादै न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ ।
कार्यस्थलमा हुने दुर्घटनाको एक कारण कामदारको अदक्षतालाई मानिएको छ ।
मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, काममा पर्याप्त सावधानी नअपनाउने लगायत कारणले कार्यस्थलमै श्रमिकहरूले ज्यान गुमाइरहेका छन् ।
त्यसैले स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जान चौधरीले विदेशिने युवालाई आग्रह गरे।