•पवन कुमार उपाध्याय
रौतहट, १७ मंसिर । रौतहटको गरूडा नगरपालिकामा ३१ औँ अन्तर्राष्ट्रिय अपांग दिवस मनाइएको छ । नेपाल अपांग संघ रौतहटको आयोजना र गरूडा नगरपालिकाको सहयोगमा अपांग दिवस मनाईएको छ ।
समावेशी विकासका लागि रूपान्तरित समाधानःपहुँच युक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशिलता प्रावधान भन्ने मूल नाराका साथ शनिबार अन्तर्राष्ट्रिय अपांग दिवस मनाईएको हो । कार्यक्रमको सुरुमा अपांगहरू विभिन्न प्लेकार्ड र बैनर सहित गरूडा नगर परिक्रमा गरेका थिए ।
नगर परिक्रमा गर्ने क्रममा अपांगको अधिकार सुनिश्चित गर,अपांग एकता जिन्दाबाद अपांग लाई रोजगार र सीप देउ ,हाम्रो लागि हामी आफै सहित विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।अपाङ्गहरु नगरको परिक्रमा गरि नगरपालिकाको प्राङ्गणमा कोणसभाको आयोजना गरिएको थियो ।
राष्ट्रिय अपाङ्गता दिवश कार्यक्रमको प्रमुख अतिथिको रूपमा गरुडाका नगरप्रमुख कन्थमनी प्रसाद जैसवाल रहनु भएको थियो भने विशिष्ट अतिथिको रूपमा राष्ट्रिय मधेसी अपांग महासंघका केन्द्रीय सदस्य प्रेमनारायण झा रह्नु भएको थियो । नगर प्रमुख जैसवालले मैनबति बालि कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो ।उद्धघाटन कार्यक्रमको संम्बोधन गर्दैै नगर प्रमुख जैसवालले भने अपांग नागरिकका लागि राज्यले ठूलो लगानी गरेको बताउनु भएको थियो ।
अपांग भएका ब्यक्तिहरुका लागि परिवार र समाजले अपहेलना हुने गरेको चर्चा गर्दै अब राज्यको लगानीले यस्तो नहुने बताउनुभयो ।अपांगहरूको हक अधिकार सुनिश्चित हुनुपर्नेमा वहाँले जोड दिनु भयो । नगरप्रमुख जयसवालले आउँदो बजेटमा अपांगहरूको भवन निर्माणका लागि २० लाख रूपैया नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । सो अवसरमा अपांगता भएका करिब ३० जना अपाङ्गहरुलाई ह्विल चेयर नगर प्रमुख जैसवालले वितरण गर्नु भएको थियो ।
नगरपालिकाले अपांगको लागि आवश्यक पर्ने हरेक किसिम सहयोग गर्न तयार रहेको बताउनु भयो ।कार्यक्रमको अध्यक्षता अपांग संघका जिल्ला अध्यक्ष रामाशंकर साहले गर्नु भएको थियो भने संचालन अपांग राजेश साहले गर्नु भएको थियो ।कार्यक्रममा अपांग दिवसको अवसर पारेर ह्विल चेयर वितरण गरिएको थियो ।नेपाल अपांग संघ रौतहटको आयोजना र गरूडा नगरपालिका,रोटरी क्लब अफ धुलिखेल,रोटरी सामुदायिक संघ माधोपुर र लेजेन्ट क्लब अफ रौतहटको सहयोगमा अशक्त चल्न नसक्ने अपाङ्गहरुलाई ह्विल चेयर वितरण गरिएको नेत्र ज्योति आई हस्पिटलका डाक्टर सुरेन्द्र प्रसाद साहले जानकारी दिनु भयो ।
कार्यक्रममा ईप्रका गरूडाका प्रमुख डिएसपि बरूण बहादुर सिंह,वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद जयसवाल सहितका वक्ताहरूले बोल्नुभएको थियो । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत रामाबाबु राय यादव ,वडा नम्बर १ का वडा अध्यक्ष शेख वहाब सहित विभिन्न वडाका वडा अध्यक्ष,गरूडा नगरभरिका अपांगहरू ,कर्मचारीहरू सहित स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।