रौतहट प्रहरीद्वारा ४० लाख मुल्य बराबरको गाँजा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर १७, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
रौतहट प्रहरीद्वारा ४० लाख मुल्य बराबरको गाँजा बरामद

पवन कुमार उपाध्याय

रौतहट, १७ मंसिर । रौतहट जिल्लाबाट एक पोल्ट्री फार्मबाट ४० लाख बराबरको गाँजा प्रहरीले फेला पारेको छ ।

जिल्लाको सदरमुकाम तथा गौर नगरपालिका वडा नं. ३ स्थित रहेको फलक पोल्ट्री फार्मबाट ४० लाख मुल्य बराबरको लागुऔषध गाजा सहित एक जना ट्रक चालक पक्राउ परेका छन् । शेख अफरोज आलमले संचालन गर्दै आएको उक्त फार्मबाट लगभग ४ बोरा जमिनमुनी लुकाई राखेको अवस्थाबाट सुरक्षाकर्मीले सुराकिको अधारमा बरामद गरेको हो ।

यस सम्बन्धमा थप छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस