रौतहट,१७ मंसिर। रौतहटमा दिनानुदिन आगलगीको घटना बढदै गईरहेको छ ।
सितलपुर निवासि पुर्वसई रामानन्द यादबको धानको भारिमा भएको आगलगीको घटना नसेलाउदैँ रौतहट जिल्लाको गढिमाई नगरपालिकाको वार्ड नं.३ अन्तर्गत पर्ने गम्हरियामा शुक्रबार राति धानको भारीमा अज्ञात समुहले आगजनि गरेको छ ।
सोहि स्थानमा बस्ने शेख ग्यासुदिन आलमको करिब ४ बिग्हा क्षेत्रफलमा फलेको धानको भारिमा आगजनि गरेको छ ।धान काटेर दांईगर्न गम्हरिया गाउँछेउ खरिहानमा राखिएको धानको भारिमा शुक्रबार करिब ८ः४६ बजे अज्ञात समहले आगजनी गरेको छ । आगजनीबाट धानको भारी पुर्णरुपमा जलेर २ लाख ६० हजार बराबरको क्षति भएको पीडित आलमले बताएका छन ।
दाई गरेर घरमा भित्रयाउने बेलामा धानको भारिमा कसैले राजनीतिक पुर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने आलमको अनुमान रहेको छ। दोषीलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ।
घटनाको पुष्टि गर्दै आवश्यक अनुसंधान भैरहेको प्रहरी कार्यालय बरियापुरले जनाएको छ ।त्यसतै गत मंसिर १३ गते मंगलबार बिजयपुर नगरपालिका अन्तर्गत पर्ने शितलपुर बैरगनिया गाउका पुर्वसई रामानन्द यादबको दुईबिगहा क्षेत्रफल जगामा फलेको धानको भारिमा आगजनी भएको थियो । आगजनी बाट धानको भारी पुर्णरुपमा जलेर १ लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताएका छन ।