दोलखाबाट प्रदेश सभामा एमालेका भरतबहादुर केसी निर्वाचित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर १८, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
दोलखाबाट प्रदेश सभामा एमालेका भरतबहादुर केसी निर्वाचित

रौतहट,१ ८ मंसिर I  दोलखाको प्रदेश सभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।

उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए ।

नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि नै हार स्वीकार गदै केसीलाई बधाई दिएका थिए ।

लामाले कांग्रेसकै कारण आफूले चुनाव हारेको समेत बताए । उनले फेसबुकमा लेखेका छन्, ‘सूर्यमुखी कांग्रेसहरु जसले जित्दा(जित्दैको निर्वाचन हराउन सफल हुनु भयो त्यसता नेता तथा कार्यकर्ता र पत्रकारहरुलाई समेत बधाई एवं शुभयात्रा भन्न चाहान्छु ।’

लामाको प्रदेश सभामा यो दोस्रो हार हो । यसअघि २०७४ सालको चुनावमा उनी नेकपा माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए । प्रदेश सभामा निर्वाचित भरत केसी भने भिमेश्वर नगरपालिकाका पूर्व मेयर हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस