लामो संघर्ष पछि भोजपुरी जगतमा इतिहास रच्दै रौतहटको छोरो सावन कुमार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर २१, बुधबार (३ साल अघि)
  • २७ पटक पढिएको
लामो संघर्ष पछि भोजपुरी जगतमा इतिहास रच्दै रौतहटको छोरो सावन कुमार

पवन कुमार उपाध्याय

रौतहट, २१ मंसिर I

रौतहटको माधवनारायण वडा नं . ४ विशुनपुर्वा मानपुर निवासी सतिश कुमार पन्डित भन्ने सावन कुमारले भोजपुरी जगतमा एउटा नया कीर्तिमान रचेको छ ।

बिगत १० वर्षको लामो संघर्ष पछि भोजपुरी फिल्मको प्रसिद्ध निर्देशक रमाकान्त प्रसादको निर्देशनमा मेन्टल आशिक नामक फिल्मको ट्रेलरले नै दर्शकको मन , मुटु जित्न सफल भएको छ । मुकेश कुमार पन्डितको निर्माता रहेको सो फिल्म यहि मन्सिर २३ गते अर्थात ९ डिसेम्बरको दिन सिनेमाघरमा प्रदर्शन हुन जादैछ ।

यो फिल्म बनाउन १० वर्ष देखि मिहिनेत गरेको कार्यकारी निर्माता र फिल्मको लेखक सरोज पन्डित बताउछन । फिल्म मेन्टल आशिक अरु भोजपुरी फिल्महरु भन्दा धेरै नै फरक रहेकोले यो फिल्म भोजपुरी फिल्म जगतमा सबै फिल्मको रेकर्ड तोड्ने फिल्मका मुख्य नायक सावन कुमारको विश्वास रहेको छ ।

नेपाल र भारतका विभिन्न सिनेमा घरमा एकैचोटि यो फिल्म प्रदर्शन हुदैछ । साथै नेपालको प्रशिद्ध नृत्यकार प्रीति आर्यको बवाल डान्सले फिल्मको आकर्षक बढाउनेछ । फिल्म मेण्ट्ल आशिकका मुख्य अभिनेता सावन कुमारले एक चोटि यो फिल्म हेरेर मलाई अगाडि बढन र म लगायत मेरा टिमका मनोबल बढाइदिन सबै नेपाली संग अनुरोध गरेका छन ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस