रौतहट , २२ मंसिर I धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा रहेकाे एक इलेक्ट्रोनिक पसलमा आगलागी हुदा लाखौको क्षति भएको छ ।
जनकपुर ढल्केवर सडक खण्डमै पर्ने महेन्द्रनगरको अमर चोकमा रहेको हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी हुँदा पसलमा रहेका फ्रिज, राइसकुकर, पङ्खा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख रुपैयाँभन्दा धेरैको इलेक्ट्रोनिक समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन राय यादवले जानकारी दिएका छ्न ।
मिथिला नगरपालिका २ का हिरा महतोले सञ्चालन गरेको सो पसलमा बुधबार राति करिब साढे १२ बजे आगलागी भएको थियो । मिथिला नगरपालिका ढल्केबरबाट आएको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहीबार बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।
विधुतिय सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।