रौतहट, २२ मंसिर । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर १ माईस्थान नजिक रहेको इश्लाम सिरक डासना उद्योगमा भएको भीषण आगलगीमा परी गंभीर रुपमा जलेर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
मङ्सिर ४ मा संपन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौतहट क्षेत्र नम्बर १ को मतगणना परिणाम सार्वजानिक हुनु भन्दा पूर्व मङ्सिर ७ गते राति करीब १२ बजेको समयमा भएको भीषण आगलगीमा परी घाइते भएका मोहमद इश्लाम मन्सुरिको ८ बर्षीय अरमान मन्सुरिको मंगलवार राति काठमाण्डू स्थित कीर्तिपुर मोडेल हा‘स्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
१ लाख ५० हजार रुपैया उपचारमा खर्च भएको र १ लाख ५ हजार रुपैया बाकी रहेको हुदा मृतक छोराको शव अस्पतालले दिन नमानेकोले पछि भुक्तान गर्ने गरी कागज बनाए पछि विहिवार शव दिएको मृतकका बूबा इश्लाम मंसूरीले बताएका छन ।आर्थिक अवस्था नाजुक भएको र कोही कत्तई बाट सहयोग नपाएकोले उपचारको खर्च तिर्न नसकेको पीड़ा सुनाए । आगलगीमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
घटना स्थलमा जलेर ७ वर्षीय सबाना खातून , ६ वर्षीय इमरान मंसूरी र ५ वर्षीय रोक्साना खातूनको मृत्यु भएको थियो ।इश्लाम मंसूरीको घरमा लागेको आगे नियंत्रण भन्दा बाहिर ज्यादा सँगै रहेको आलम मंसूरी र जाकिर हुसैनको मोटर साइकल गैरेज जलेर नस्ट भएको थियो । आगलगीबाट करीव ४० लाख भन्दा बढ़ीको धनजनको क्षति भएको प्रहरीको प्रारंभिक प्रतिबेदनबाट देखिएको छ ।