मोटरसाइकल दुर्घटना हुदा १ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ मंसिर २४, शनिबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

रौतहट, २४ मंसिर I बाराको महागढीमाई नगरपालिका वडा नम्बर ८ मा मोटरसाइकल दुर्घटना भएको छ ।

कलैयाबाट लग्डाचौक जाँदै गरेको ना २४ प ५३२५ नम्बरको मोटरसाइकल आफै अयिन्त्रित भएर पुलको सानो डिभाइडरमा ठोक्किदा दुर्घटना भएको हो ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय रतन दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएकोमा त्यही मृत्यु भएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छ्न । 

ताजा अपडेट

खोजी गर्नुहोस