रौतहट, २४ गते मंसिर I रौशन चौधरी।
अभिनेता सतिश कुमार पन्डित भन्ने सावन कुमारको मेन्टल आशिक नामक फिल्म केही प्रविधिक समस्याको कारण ९ डिसेम्बरका दिन रिलिज नभएको र सो अब फिल्म नेपालमा यहि पुष ०१ गते अर्थात १६ डिसेम्बर र भारतमा ८ गते २३ डिसेम्बरका दिन सिनेमाघरमा एकै साथ प्रदर्शन हुने कार्यकारी निर्माता र फिल्मको लेखक सरोज पन्डित बताए ।
भोजपुरी फिल्मको प्रसिद्ध निर्देशक रमाकान्त प्रसादको निर्देशनमा बिगत १० वर्षको लामो संघर्ष पछि भोजपुरी मुकेश कुमार पन्डितको निर्माता रहेको सोको ट्रेलरले नै दर्शकको मन , मुटु जित्न सफल भएको छ ।
फिल्म मेन्टल आशिक अरु भोजपुरी फिल्महरु भन्दा धेरै नै फरक रहेकोले यो फिल्म भोजपुरी फिल्म जगतमा सबै फिल्मको रेकर्ड तोड्ने फिल्मका मुख्य नायक सावन कुमारको विश्वास रहेको छ ।
नेपाल र भारतका विभिन्न सिनेमा घरमा एकैचोटि यो फिल्म प्रदर्शन हुदैछ । साथै नेपालको प्रशिद्ध नृत्यकार प्रीति आर्यको बवाल डान्सले फिल्मको आकर्षक बढाउनेछ । फिल्म मेण्ट्ल आशिकका मुख्य अभिनेता सावन कुमारले एक चोटि यो फिल्म हेरेर मलाई अगाडि बढन र म लगायत मेरा टिमका मनोबल बढाइदिन सबै नेपाली संग अनुरोध गरेका छन ।