२५ मंसिर,रौतहट।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ निवासी शेख प्रवेज आलमले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा जुता वितरण गरेका हुन्।
युवा नेता एवम् समाजसेवी आलमले अलमहम्द दि वेलफेयर दुनिया प्रोजेक्ट नेपालद्वारा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।
आइतबार समाजसेवी आलमले रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६ को बच्चाहरुलाई शैक्षिक सामग्री तथा जुता वितरण गरेको बताएका छन्।
सो संस्थाका माध्यमले समाज सेवि आलमले विगत दुई वर्षदे रौतहटको ४ वटा नगरपालिकाको विभिन्न वडामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री,जुत्ता मोजा,विपन्न परिवारलाई राहत लगायतका सामग्रीहरु वितरण गरिसकेको जानकारी गराएका छन्।
विगत दुई वर्षदेखि हालसम्म दुई सय घरपरिवारलाई राहत(चामल,दाल, नुन) १ हजार विद्यार्थीहरुलाई शैक्षिक सामग्री(कोपी कलम,बैग) तथा चिसो बाट बाच्नका लागि जुता मोजा र जैकेट गरि सामग्रीहरु वितरण गरिसकेको संस्थाका संयोजक शेख प्रवेज आलमले बताएका छन्।
रौतहटको कटहरिया,गरुडा,गुजारा र गढिमाई नगरपालिकाको विभिन्न वडाको विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री,जुत्ता मोजा,विपन्न घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको संस्थाका संयोजक आलमले बताएका हुन्।
झण्डै २ वर्ष देखि संचालनमा आएको अलमहम्द दि वेलफेयर दुनिया प्रोजेक्ट नेपाल संस्थाका मध्यमले आलम अहिले रौतहट जिल्लामा लोकप्रिय बन सफल भएका हुन्।
समाजसेवी आलमले आफ्नो निजि लगानीमा समेत विपन्न तथा असहाय घरपरिवारलाई राहत,चापाकल,विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री लगायतका सामानहरु वितरण गर्दै आएका छन्।