रमेश कुमार यादव
रौतहट,२५ मंसिर । रौतहटको बिभिन्न पालिकामा मेयरको दादागिरीले उपमेयर आजित भएको देखिन्छ । आफ्नो मनपरिको कारण र मेयरले भनेको कुरा मात्र हुने रंगदारी शैलीले उपमेयर हैरान भएको छ ।
बिभिन्न पालिकामा अन्य–अन्य पार्टीबाट निर्वाचित हुँदा कुरा नमिल्नु स्वाभिक हो तर रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा मेयर र उपमेयर एउटै पार्टी माधव नेपालको पार्टी नेकपा एसबाट निर्वाचित भए पनि दुबै जनाबिच अधिकारको लागि विवाद चरम सिमामा पुगेको छ । रौतहटको वृन्दावन नगरपालिकामा मेयर र उपमेयर बीच बिवाद चुहिएको छ ।
मेयर विनोद प्रसाद कुर्मीले उपमेयरको अधिकार मिच्दै विना सल्लाह लिई वाइपास गरेर काम कत्तव्र्य निर्वाह गर्दै आएपछि दुबै जना विच विवाद चुलिदै गएको हो ।उनीहरु पत्रकार सम्मेलन गर्दै एकले अर्कोलाई आरोपप्रत्यारोप गर्दे छन् ।केही दिन पहिला सो नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले आफुसंग उप–मेयरले मोटो रकम माग गरेको र नदिएपछि बिभिन्न आरोप लगाएको बताएका थिए ।
त्यसको लगत्तै उप–मेयरले शनिबार चन्द्रनिगाहपुर स्थित आफ्नो निजि निवासमा पत्रकार सम्मेलन गर्दै वृन्दावन नगरपालिकाका उप–मेयर संगिता कुमारी रामले नगर प्रमुख कुर्मिले आफू माथि लगाएको आर्थिक लाभको आरोप गलत रहेको बताएकी थिईन ।मेरो लडाइँ बजेटको लागि होईन, अधिकारको लागि हो, नगरप्रमुख बिनोद प्रसाद कुर्मीले आफुमाथि माथि गलत र निराधार आरोप लगाएको बताइन् । उपमेयर रामले भनिन् बजेट मेयरको घरको होईन्, विकास निर्माणको लागि हो ।
बजेट मैले मेयर सँग माग गर्नै पर्दैन् नियम प्रक्रिया अनुसार बजेट खर्च हुने हो उप मेयर रामले भनिन् । नगरपालिकाको बैठक लगायत कुनै पनि कार्य सम्बन्धि जानकारी नै नदिई मेयरले मनलाग्दी काम गरेको उनको भनाइ थियो ।मेयर कुर्मीले शुक्रबार पत्रकार सम्मेलन मार्फत दिएको बक्तब्य प्रति खेद प्रकट समेत गरेकी छन् ।उनले भनिन् नगरप्रमुखले बोल्नु भएको कुराहरु सरासर निन्दनिय र अमर्यादित छ ।नगरप्रमुख र उपप्रमुखलाई सुविधा संघ र प्रदेशले व्यवस्था गरेको अनुसार पाउनु पर्ने हो ।
सुविधा लिनु परेमा कार्यपालिका बैठकबाट पारित गराउनु पर्ने हुन्छ । सेवा सुविधाको बारेमा नगरप्रमुखले दिएको बकतव्य प्रति उपमेयर रामले आपत्ती जनाएकी छन् ।उप मेयरका अनुसार उनले चुनावी दौडानमा मतदातालाई दिएको केही वाचा र अस्वासनलाई पूरा गर्नका निम्ति केही योजनाहरु राखिदिन आग्रह गरेको थिताईन् ।नगरप्रमुख कुर्मीले हाकिमलाई मिलाएर नगरपालिका सम्बन्धि हरेक कार्यमा आफुलाई छोडेर हिड्न थालेको उनको गुनासो थियो ।
आफुले बारम्बार मैखिक रुपले बैंक स्टेटमेन्ट प्रशासकीय अधिकृत सँग माग गर्दा नदिएपछि आफुले लिखित रुपमा पनि माग गरेको बताइएकी छिन ।न्यायिक समिति सचिवालयमा चाहिने कर्मचारी मध्ये कम्प्युटर अपरेटर र आवश्यक फर्निचको साथै स्टेसनरी,कानुनको पुस्तकहरु आफुले लखित रुपमा माग गरेपनि नगर प्रमुख कुर्मीले अटेरी गर्दै आएको उपमेयर रामको भनाइ छ ।
नगर प्रमुखको रबैयाले नगरपालिका भ्रष्टाचारमा लिप्त हुने संकेत पनि झल्किन थालेको उपमेयर रामको भनाइ रहेको छ ।प्रमाणको लागि कृषिको संयोजक उपप्रमुखलाई संविधानले दिए ता पनि नगरप्रमुख आफै संचालन गर्दै आउन भएको छ ।
यति मात्र होइन केहि दिन नगरपालिकाको लागि इन्धन तेलको कुपन पनि आफै र निजको छोरा सन्तोष पटेलले संचालन गर्दै आउँदा म स्वंयम प्रशासकिय प्रमुख खेम बहादुर भुजेललाई विरोद गर्दा राकिएको हो ।