रौतहट, २८ मंसिर ।
रौतहटको गढीमाई नगरपालिकामा श्री कन्हैया कृषि सहकारी संस्थाले बीउ स्रोत केन्द्रको उद्घाटन भएको छ । जिल्ला समन्वय समिति सभापति राम अयोध्या यादव र प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई रौतहटका नि.वरिष्ठ कृषि अधिकृत दिपक कुमार मिश्र र गढिमाई नगरपालिकाको नगर प्रमुख श्यामप्रसाद यादव तथा गढिमाई नगरपालिकाको नि. प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवको सैयुक्त रूपमा बिउ केन्द्रको उद्घाटन गरेको छ ।
गढीमाई नगरपालिकाको वडा नम्बर २ समनपुर बजारमा बीउ स्रोत केन्द्रको उद्घाटन भएको हो। समनपुर बजार लडाइँया समनपुर बजारको नामले प्रख्यात छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई रौतहट बाट ५० प्रतिशत अनुदानमा श्री कृष्ण कन्हैया उपभोक्ता सहकारी संस्थाको साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।
धान, गहुँ, मसुरो लगायतका खाद्यान्न बालीको बीउको ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष सञ्जय प्रसाद साहले जानकारी गराएका हुन्।
अध्यक्ष साहको बीउ गोदाममा हरदि नाथ१,हरदिनाथ६,रामधान,राधा४, सम्भा मन्सुली सब१ लगायत जातिको धान अहिले स्टोर गरिएको छ।
सो संस्थामा आबद्ध युवाहरुले वार्षिक २ देखि ३ लाख सम्मको आमदानी गरिरहेको र यस् वर्ष बीउ वितरण गर्न संस्थाले रौतहटमा प्रथम रहेको अध्यक्ष साहले जानकारी गराए।
गढीमाई नगरपालिकाको कार्यालय अगाडि बीउ स्रोत केन्द्रको भवन निर्माण भएको छ ।
किसानलाई सोही केन्द्रमै धान,गहुँ,मसुरो लगायतका बीउ बिजन किसानले खरिद गर्न सकिने गरी व्यवस्था मिलाइएको छ।
केन्द्रको उद्घाटन गर्दै जिल्ला अधिकारी कृष्ण बहादुर साहीले कृषिका माध्यमबाटै विकसित राष्ट्रले उन्नति गर्ने बताए।
नेपालमा धेरै सम्भावना भएर काम गर्न नसक्दा बर्सेनि खर्बौं रुपैयाँका खाद्य सामग्री आयात गर्नु परेको उनको भनाइ छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई रौतहटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक मिश्र अनुसार रौतहटमा अहिले धान र केरा बीउ जोन संचालनमा रहेको छ।
कृषिलाई व्यवसायीकरण गर्दै उन्नत बीउ बिजन, प्रविधि तथा उपकरणको प्रयोगमा जोड दिने उद्देश्यले बीउ केन्द्रको स्थापना गरेको मिश्रले बताए।
मिश्रले धान बीउ जोनको एक मात्र उदेश्य गुणस्तरयुक्त बीउ विजन वितरण गर्ने बताएका छन्।
गुणस्तरीय बीउ विजन वितरणको एक मात्र परिकल्पना बीउ स्रोत केन्द्र रहेको उनको निष्कर्ष छ।
कृषिको विकासमा स्थानीय सरकार प्रतिबद्ध रहने गढीमाई नगरपालिकाको नगरप्रमुख श्याम यादवले बताए। कृषिको विकासमा स्थानीय सरकार प्रतिबद्ध रहे पनि परियोजनाको सफल कार्यान्वयनका लागि तीन तहकै सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने उनले बताए। सो कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष दिपेन श्रेष्ठ तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लेखापाल उमेश यादव, सत्रुधन महतो, सुब्बास तथा कृषि ईन्जिनियर उदय ठाकुर तथा स्थानीय वासीको सहभागिता रहेको थियो ।
कृषि उत्पादनका लागि अत्यावश्यक मल, बीउ, औजार, उपकरणसँगै बजार व्यवस्थामा ध्यान दिनुपर्ने उनको राय छ।