मंसिर २८ गते ।
रौतहट– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई रौतहटले स्थलगत अनुगमन सम्पन्न गरेको छ ।
रौतहट जिल्लाको विभिन्न पालिकाको वडाहरुमा संचालन भएका परियोजना कार्यक्रमको अनुगमन गरेको हो । परियोजना रौतहटका निमित्त प्रमुख दीपक मिश्रको नेतृत्वमा अनुगमन गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई रौतहटले आर्थिक वर्ष ०७८/०७९ मा जिल्ला अन्तर्गत ५० प्रतिशत अनुदानमा गरेको विभिन्न किसिमका खेति, केरा जोन,धान जोन,तरकारी जोन, बिउ स्रोत केन्द्र तथा प्राविधिक सामग्रीहरुको स्थल गत अनुगमन गरेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई रौतहटको निमित्त प्रमुख मिश्रको नेतृत्वमा माधवनारायण नगरपालिकाको बागमती क्षेत्रमा ओम हर्वल प्रोसेसिङ्ग प्रा.लि.ले गरेको केरा खेती, चन्द्रपुर नगरपालिकाको सन्तपुरमा साना किसान कृषि सहकारी संस्थाको राइसट्रान्सपलास्टर लेजर ल्यान्ड भलर सहित कृषि सिकाई केन्द्र, रौतहट सिडस विजय बीउ विजन उधोग, क्षेत्रिय बीउ रहेको सिड ग्रेडर मसिन, श्री कृष्ण महिला प्रणामि सहकारी संस्था विउ स्रोत केन्द्र,धान खरिदको अनुगमन तथा आदर्श एग्रो फार्ममा डिप सिचाईले गरेको केरा खेती लगायतका ठाउँमा अनुगमन गरिएको हो।
रौतहटको माधवनरायण नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन इकाई रौतहटले केरा जोनको कार्यक्रम संचालन गरेको छ
नगरपालिकाको बागमती बगर क्षेत्रमा ओम हर्वल प्रोसेसिङ्ग प्रा.लिले २० बिघामा केरा खेती गरेका छन्। केरा उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले केरा जोनलाई चालु आर्थिक वर्ष २०७८÷०७९ मा संचानल गरेको र यस वर्ष परियोजनाबाट विनियोजित योजनाको कार्यन्वयनको अवस्थाको बारेमा स्थलगत अनुगमन गरिएको छ ।
यो चालु आर्थिक वर्षमा रौतहट जिल्ला भित्र केराजोन संचालन गर्नको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रौतहटले ५० प्रतिशत अनुदान सहयोग गरेको रहेको कार्यालय प्रमुख मिश्रले बताए ।
अनुगमनमा कार्यलय प्रमुख मिश्र सहित जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, जिल्ला समन्वय समितिका सभापति राम अयोध्या यादव, अनुसन्धानको एस पी मुकुन्द बहादुर खड्का,परियोजनाको लेखापाल उमेश यादव, सत्रुधन महतो, सुब्बास तथा कृषि ईन्जिनियर उदय ठाकुर लगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।