रौतहट, २९ मंसिर । रौतहट जिल्लाको गरुडामा मिथिला लघुबित बितिय संस्था लि.शाखा कार्यालय महम्मदपुर केन्द्र प्रमुखहरुको बितिय साक्षारता एक दिने गोष्टि कार्यक्रम सम्पन भएको छ ।
जिल्लाको मध्यभाग गरुडामा अवस्थित आशिर्वाद गेष्ट हाउसमा औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरि केन्द्र प्रमुखहरुको बितिय साक्षारता एक दिने गोष्टि कार्यक्रम सम्पन भएको छ । निर्मला कुमारी महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडाको वडाअध्यक्ष सुनिल कुमार जैसवाल रहनु भएको थियो भने बिशिष्ट अतिथि सोहि नगरपालिकाको नगर उप–प्रमुख पुनम कुमारी चौधरी रहनु भएको थियो ।
कार्यक्रमलाई नगर उप–प्रमुख पुनम चौधरीले पान्समा बति बालि कार्यक्रमको आरम्भ गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनिल कुमार जैसवालले कार्यक्रमको सफलताको कामनासाथै यस बितिय संस्थाले सबैको मन जित्ने गरि काम गर्ने साथै यस समयमा लघुबित बितिय संस्था मानिसहरुको लागी रामवान साबित भएको पनि बताउनु भयो । त्यसतै सोहि कार्यक्रममा गरुडा नगरपालिकाको नगर उप–प्रमुख चौधरीले भने यस बितिय संस्थाले महिलाहरुलाई साक्षर लगायत बचत गर्न र अगामि दिनमा यस बचतले धेरै नै फाईदा हुने ज्ञान महिलाहरुमा दिएको बताउनु भयो ।
यस बचतले अगामि दिनको बाटो तय गर्ने बताउनु भयो ।सम्बोधनको क्रममा सोहि नगरपालिकाको वार्ड नं.५ को वडाअध्यक्ष राम बिनोद जैसवालले यस्ता लघुबित बितिय संस्था राम्रो रहेको समाजमा प्रमाणित गरिसकेको बताउनु भयो ।सो क्रममा उहाँले भने कि यस्ता संस्थाहरुका कारण कति जनाको ज्यान समेत गरेको कुरा सर्वतित्दै छ ।
त्यस कारण यस संस्थाका पदाअधिकारीसंग अनुरोध छ कि यस्ता हुन नदिन तिर बढि ध्यान दिन आग्रह समेत गर्नु भएका थिए । त्यसतै रौतहट शाखाको प्रमुख अनिल कुमार झाले यस संस्थाको बारेमा जानकारी दिदैँ भने मिथिला लघुबित बितिय संस्था लि.को रौतहटमा स्थपना भएको करिब ८ बर्ष भएको बताउनु भयो । मधेश प्रदेशमा जम्मा ४५ ओटा शाखा रहेको बताउनु भयो । उक्त शाखासंग आबद्ध ३५,००० हजार सदस्यहरु रहेका छन र २ अर्व २५ करोड लगानी साथै ६७ करोड बचत रहेको बताउनु भयो । सो शाखाहरु मध्ये रौतहट शाखा सबभन्दा एबल रहेको पनि प्राशंसा गर्नु भयो ।
यस शाखाका ८५ ओटा समुह रहेको बताउनु भयो । प्रत्येक समुहका दिदिहरु लगनशिल र मिहिनेती रहेको बताउनु भयो । उहाँहरुको मिहिनेत र लगनशिलताले गर्दा यो समुहहरु अहिले सबभन्दा अगाडी रहेको साथै करोडौको लगानी रहेको पनि बताउनु भयो ।