रौतहट, १ पुष I मधेशी आयोगले मुस्लिम र थारु लाई मधेशी को सूची बाट हटाएको छ । मधेशी आयोग द्वारा गरिएको नेपालमा मधेशी समुदायको थर सूचीकरण-२०७८ को उपसमूह-१ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको छ ।
मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूची बाट हटाएको कुरा अहिले नेपाल भरी सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।
मधेशी आयोगको उपसचिव सबिता डंगोलले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशी आयोगले थारु र मुस्लिम आयोगका अध्यक्ष सहित को पदाधिकारीहरुले सार्वजानिक रुपमा थारु र मुस्लिम समुदायको अलगै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदाय संग मेल नखाने भएकोले गर्दा मधेशीको सूचीमा राख्नु गलत कदम भएकोले र मधेशी को सुची बाट हटाउन प्रेस विज्ञप्ति निकालेकोलेू यस्तो निर्णय गरेको र यसमा मधेशी आयोगको विरोध गर्नुपर्ने कुनै तर्क नरहेको जानकारी दिएकी छन् ।
थारु र मुस्लिम आयोग संगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभा लगायात दर्जनौ संघ संस्थाहरुले मधेशी आयोगमा थारु र मुस्लिम लाई मधेशी को सुची बाट हटाउन निवेदन दिएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिएका छन् । आयोगका अध्यक्ष डा.दत्तका अनुसार सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौ भनेपछि मधेशी आयोगले सो निर्णय गरेको बताएका छन् ।