राैतहट,पुस ०१ गते
राैतहटकाे माधवनारायण नगरपालिकाकाे लेखा शाखा बाट चाेरी भएको महत्त्वपूर्ण कागजातहरू याेजना शाखामा फेला परेकाे छ । ईलाका प्रहरी कार्यालय गरूडाले लेखा शाखाकाे आवश्यक कागजातहरू याेजना शाखाका प्रमुख कृष्णनन्दन यादवकाे शाखा बाट फेला परेकाे हाे ।
पत्रकारहरू सँग कुराकानी गर्दै लेखा शाखा प्रमुख रामबलम यादवले केही महत्त्वपूर्ण कागजातहरू शाखा बाट चाेरी भएको भनी जानकारी गराएका थिए । उनले प्रहरीलाई खबर पछि ईप्रका गरूडा बाट ईन्सपेक्टर रामराजा केशरीकाे नेतृत्वमा पुगेको टाेलीले साे कागजात फेला पारेको हाे ।
माधवनारायणका नगर प्रमुख बैजु यादवले अनाधिकृत तरिकाले कुनै कार्यक्रम नगरि खाना र खाजाकाे नाममा लाखौं रकम भुक्तानी गराएको र आफूले गराएकाे भुक्तानी पाेल खुल्ने डरले कागजातहरू गायब बनाएकाे लेखापाल रामबलम यादवकाे आराेप रहेकाे थियाे ।
माधवनारायण नगरपालिकाका लेखा प्रमुख यादव र अन्य तीनजना कार्यालय सहयोगीलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ ।
यस विषयमा नगर प्रमुख बैजु यादव सँग कागजात गायब भएको बारे साेध्दा आफू यस विषयमा अनभिज्ञ रहेकाे प्रतिक्रिया दिएका छन् । मेयर यादव सँग प्रतिक्रिया लिदा उनले कुनै ठोस जवाफ दिन सकेका छैन्न।