पाकिस्तानमा ग्यास सिलिन्डर विस्फाेट हुँदा १२ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष ५, मंगलबार (३ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

रौतहट,५ पुस I पाकिस्तानमा खाना पकाउने ग्यासकाे सिलिन्डर विस्फाेट हुँदा १२ जनाको ज्यान गएको छ । ग्यास सिलिन्डर विस्फाेट हुँदा अन्य १३ जना घाइते भएका छन् । 

पाकिस्तानको बलुचिस्तान प्रान्तको लासबेला जिल्लामा एक पसलमा ग्यास सिलिन्डर भर्ने क्रममा विष्फोट भएको थियो । विस्फाेटपछि आगो लागेको र आगोले अरू सिलिन्डर पनि पड्किँदा धेरै क्षति भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

विस्फाेटमा घाइते भएका १३ जनामध्ये केहीको अवस्था चिन्ताजनक रहेको खबरमा उल्लेख छ । विस्फाेटपछिको आगलागीबाट चार वटा पसल र १२ वटा गाडी जलेर ध्वस्त भएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस