रौशन चौधरी ।
७ पुष,रौतहट ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ मा श्रीआधारभुत बिधालय फत्तेपुरमा शेख प्रवेज आलमले १०० जना विद्यार्थीहरुलाई ब्याग वितरण वितरण गरेका हुन्। युवा नेता एवम् समाजसेवी आलमले अलमहम्द दि वेलफेयर दुनिया प्रोजेक्ट नेपालद्वारा कक्षा १ सम्मको १०० जना बालबालिकालाई शैक्षिक सामग्री ब्याग वितरण गरेका छन्। सो कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष जयराम चौधरी र विशिष्ट अतिथि भु. पु वडा अध्यक्ष शम्भु कान्त यादव रहेको थियो । बालबालिकालाई ब्याग वितरण गरेकोमा आलमलाई भु. पु वडा अध्यक्ष यादवले धन्यवाद व्यक्त गरेका थिए ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ को बच्चाहरुलाई शैक्षिक सामग्री ब्याग वितरण गरेको बताएका छन्। सो संस्थाका माध्यमले समाज सेवि आलमले विगत दुई वर्षदे रौतहटको ४ वटा नगरपालिकाको विभिन्न वडामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री,जुत्ता मोजा,विपन्न परिवारलाई राहत लगायतका सामग्रीहरु वितरण गरिसकेको जानकारी गराएका छन्। विगत दुई वर्षदेखि हालसम्म दुई सय घरपरिवारलाई राहत(चामल,दाल, नुन) १ हजार विद्यार्थीहरुलाई शैक्षिक सामग्री(कोपी कलम,बैग) तथा चिसो बाट बाच्नका लागि जुता मोजा र जैकेट गरि सामग्रीहरु वितरण गरिसकेको र आउदो दिनमा फत्तेपुरमा रहेको आधारभुत बिधालय मा पढने सम्पुर्ण बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने संस्थाका अध्यक्ष शेख प्रवेज आलमले बताएका छन्।
रौतहटको कटहरिया,गरुडा,गुजारा र गढिमाई नगरपालिकाको विभिन्न वडाको विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री,जुत्ता मोजा,विपन्न घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको संस्थाका अध्यक्ष आलमले बताएका हुन्। झण्डै २ वर्ष देखि संचालनमा आएको अलमहम्द दि वेलफेयर दुनिया प्रोजेक्ट नेपाल संस्थाका मध्यमले आलम अहिले रौतहट जिल्लामा लोकप्रिय बन सफल भएका हुन्। समाजसेवी आलमले आफ्नो निजि लगानीमा समेत विपन्न तथा असहाय घरपरिवारलाई राहत,चापाकल,विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री लगायतका सामानहरु वितरण गर्दै आएका छन्। सो कार्यक्रममा प्रधानाध्यापक अच्छेलाल यादव शिक्षक रंजन कर्ण,अजय कुशवाहा, हरिश्चन्द्र चौधरी तथा टिकटको स्टार राजकुमार लगायत सैकडौ स्थानियको सहभागिता रहेको थियो ।