रौतहट, ८ पुस । रौतहट जिल्लाको गरुडास्थित होटल, रेस्टुरेण्ट तथा क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ ।
जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको कलवार धर्मशालामा एक कार्यक्रमको आयोजना गरि होटल ,रेष्टुरेन्ट र क्यान्टिन संचालकहरुलाई खाध स्वच्छता सम्बन्धि एक दिने कार्यक्रम सम्पन भएको छ ।
खाध प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलगंवाको कार्यालय प्रमुख भरत बहादुर पुरीको अध्यक्षतामा खाध प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलगवा सर्लाहिको आयोजना तथा रौतहट उधोग वाणिज्य संघ गौर रौतहटको सह–आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमको सम्बोधन गदै सभाअध्यक्ष पुरीले भने बर्तमान समयमा होटेल तथा रेष्टुरेन्ट र क्यान्टिनमा सेवाग्राहीहरुको लागी राखेको खाना असन्तुलनको कारण बिरामी परेको अवस्था देखिएको छ ।उक्त समस्यालाई समाधान गर्न “स्वच्छ सन्तुलित आहार,स्वस्थ्य जिवनको अधार”नारा सहित होटेल ब्यवसायिहरुको लागी खाध स्वच्छता सम्बन्धि तालिम कार्यक्रमको आयोजन गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो अरु ब्यवसायि भन्दा यो ब्यवसायि फरक रहेको पनि बताउनु भयो ।स्वच्छ र सुन्दर हुँदा ग्राहक लगायत आउने जाने बटुवाहरुलाई लोभ्याउने पनि गरिन्छ तर फोहर हुँदा सोहि ग्राहकबाट आलोचना समेत हुने गरिएको पाईन्छ ।त्यहि भएर आफ्नो होटेल ,रेष्टुरेन्ट र क्यान्टिनलाई सफा राख्ने तथा खानेकुराहरुलाई सफा ठाउँमा राखेर उपयोगमा ल्याउन बताउनु भयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा भएको तालिममा डिभिजनका निमित्त प्रमुखले र काम गर्ने व्यक्तिको सरसफाइ, पकाएको र नपकाएको खाद्यवस्तुलाई छुट्टाछुट्टै राख्ने, राम्ररी पकाउने, सामान्य सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने, सुरक्षित पानी र खाद्य वस्तुमात्र प्रयोग गर्ने कुराहरुको जानकारी गराएको थियो ।
सोहि कार्यक्रममा खाध्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलगंवा कार्यालयको सहायक प्राबिधिक संन्जय चौधरीले होटेलमा रहेका समस्याहरुलाई कसरी समाधान गर्ने कुन तरिकाबाट समाधान गर्ने ग्राहकलाई कसरी सेवा दिदा ग्राहक खुसि हुने भनि कुराहरुको बारेमा जानकारी गराउनु भएको थियो ।होटेलहरुमा भन्डार गर्ने ठाउँ ,भान्सा कोठा ,फ्रिजहरुमा कुन समाग्री कसरी राख्ने एक साथमा कुन कुराहरु राख्दा राम्रो हुने भनि होटेल ब्यवसायिकहरुलाई सिकाउनु भएको थियो ।
तालिममा खाध्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलगंवा कार्यालयको सहायक प्राबिधि चौधरीले प्रदेशको सबै होटल तथा रेस्टुरेण्ट व्यवसायीहरुलाई स्वस्च्छ तथा गुणस्तरीय सामाग्री मात्र राख्न आग्रह गरेका थिए । त्यसतै रौतहट उधोग बाणिज्य संघका जिल्ला अध्यक्ष पंडित प्रसाद जैसवालले होटेल ब्यवसायिकहरुले आफ्नो फाईदाको लागी सडेगलेका तथा प्रयोग नहुने कुराहरु ग्राहकलाई खुवाउँदा बिरामी पर्ने अवस्था पनि रहेको बताउनु भयो ।
त्यस्ता कार्यहरुलाई चाडैँ बन्द गर्न आग्रह गर्नु भयो यदि त्यस्ता कार्य बन्द नगरेमा प्रचलित कानुन बमोजिम कार्यावाहि हुने बताउनु भयो ।त्यसतै उधोग बाणिज्य संघ रौतहट गरुडाका अध्यक्ष हरेन्द्र प्रसाद जैसवालले होटेल ब्यवसायिकहरुलाई सफा सुगर राख्न तथा होटेलमा काम गर्ने कर्मचारीहरुलाई सफा एप्रोनको पोशाकमा काम गराउन आग्रह गर्नु भयो ।।
कार्यक्रममा होटेल, रेस्टुरेन्ट र क्यान्टिन ब्याबसायीहरुलाई जिल्लामा स्वस्थकर खाना बेच्न आग्रह गर्नु भएको साथै आगामी दिनमा विभागसँग निरन्तर समन्वय गरेर अघि बढ्ने समेत बताउनु भयो । सोहि कार्यक्रममा कान्तिपुर टेलिभिजन रौतहटका संवाददाता संचारकर्मि राजेश्वर पाण्डे ,अनिता कर्ण लगायत होटेल व्यवसायि संघका अध्यक्ष नागेन्द्र चौधरी ,सचिव शम्भु साह लगायतका मानिसहरुले आफ्नो–आफ्नो मन्तब्य राख्नु भएका थिए ।