प्रचण्ड को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै, बालकोटबाट नयाँ यात्राकाे सुरुवात

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १०, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
प्रचण्ड को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै, बालकोटबाट नयाँ यात्राकाे सुरुवात

रौतहट,१० पुस I नयाँ सरकार गठनबारे रस्साकस्सी चलिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै ‘नयाँ यात्राकाे सुरुवात’ भएको बताएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकमा सरकार निर्माणमा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटार पुगेका थिए । बालुवाटार एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, राप्रपा र जनमत पार्टीसँग छलफल भएको छ । बैठक सकिएसँगै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक सकारात्मक रुपमा अघि बढेको संकेत गरेका हुन् । नयाँ सरकारका लागि दाबी पेस गर्न आज साँझसम्मको समय रहेकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस