प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १०, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन

रौतहट,१० पुस I नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलले समर्थन गर्ने सहमति जुटेको हो । 

जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । 

प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस