प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष ११, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री

रौतहट, ११ पुस I  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन्। 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन्। 

सोमबार संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकले श्रेष्ठ, पौडेल र लामिछानेलाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको हो। श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ र लामिछाने गृहमन्त्री बन्ने भएका छन्। यसअघि नारायणकाजीलाई गृह मन्त्रालय दिने सहमति भए पनि लामिछानेले गृहमा दाबी नछोडेपछि अन्त्यमा प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालय लिन आग्रह गरेका हुन्। 

आइतबार नियुक्त प्रधानमन्त्री प्रचण्डसहित तीन जना उपप्रधानमन्त्रीहरूले आज दिउँसो ४ बज शपथ लिँदैछन्। 

ताजा अपडेट

खोजी गर्नुहोस