रौतहट,१२ पुस I इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।
मंगलबार प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षकले डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको पुष्टि गरेका छन् ।
ठगबहादुर केसीको गतिविध शंकास्पद देखिएकाले प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान अघि बढ्छ । त्यसैले तत्काल उनलाई निलम्बन गर्न सिफारिस गरिएको छ,’ डीआईजीभने ।
डीएसपी केसीलाई अवैध सुनसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो को टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको थियो । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको सीआईबीको टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौँ नगद र ३५ तोला सुनसमेत बरामद गरेको थियो ।