रौतहट,१२ पुस । मौलापुर नगरपालिका वार्ड ८ र ९ सोनरनियाको सडक ढलान र नाला निर्माणमा आश्रय निर्माणको लापरवाही चरम सिमा पार गरेको देखिएको छ ।
१० करोडको ठेक्का आश्रयले कर बाहेक चार करोड ७८ लाख ५८ हजार सात सय ६९ रुपैयाँमा सम्झौता गरेर प्रभु साहले गृह नगरपालिका मौलापुर भित्र सोनरनियामा मनपरि काम थालनी गरेको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना विरगंज द्वारा २०७८ असाढ महिनाको २१ गते सम्झौता गरेको आश्रय निर्माणले सम्झौता मिति देखी २४ महिना भित्रमा काम सम्पन्न गर्ने जिम्मा लिएको थियो ।
उक्त कामको मात्र ३५ प्रतिशत काम सम्पन्न भएको हो। सो ढलान र नाला निर्माण कार्यमा लापरवाही भएपछि एकातिर बनाउदै गरेको हो भन्ने अर्कातिर टुट्दै गरेका छन् । २४ महिनाको सम्झौता अनुसार समझौता मिति देखि हाल सम्म आश्रयले १८ महिना पार गरेको छ ।
६ महिना बाकी रहेको हत्तारमा आश्रयको पेट्टी ठेकेदार राजा गुप्ताले नाला माथी राख्ने सलेबमा एक सिमेन्ट ३ देखि ५ बालुवा र ५ देखि ६ गिटी मिसाई सलेब ढलान गरेको तथ्य प्रमाण सहित स्थानीयले जनकारी गराएका हुन् । सघन सहरी तथा भवन निर्मानका कर्मचारी र आश्रय निर्माणको कर्मचारीको मिलोमतोमा गुणस्तर हिन काम भई रहेको स्थानीयको आरोप छ ।
विभागकै मिलोमहतोमा ठेकेदारले नियम कानूनको ठाडो उल्लंघन गरेर गुणस्तरहीन सडक निर्माण गरिरहेको आरोप स्थानीयबासीको छ। आश्रय निर्माण सेवा बसुन्धारा ३ काठमाण्डौं स्थित रहेको यस निर्माण सेवाले विगत देखी जाथाभावी काम गर्दै आएको विभिन्न मेडियामा समाचार सार्वजनिक भएता पनि यस कम्पनी माथी सरकार र सम्बन्धित निकायले कारवाही नगरी मुखदर्शक बनेर बसेका हुन् ।
टेन्डरमा उल्लेख गरिएको प्रावधान बमोजिम काम नहुँदा स्थानीयले सहरीका इन्जियर र सहरी विकास तथा भवन निर्माण विभागलाई समेत पटक पटक जानकारी गराए पनि सम्बन्धित कुनै पनि निकायले ध्यान नदिँदा विभागकै मिलोमहतोमा गुणस्तरहीन काम भइरहेको स्थानीयले आरोप लगाएका छन्।