रौतहटमा एक मुर्गी फार्ममा आगलागी हुँदा लाखौंको क्षती

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १३, बुधबार (३ साल अघि)
  • ६ पटक पढिएको
रौतहटमा एक मुर्गी फार्ममा आगलागी हुँदा लाखौंको क्षती

रौतहट ,१३ पुस I रौतहट जिल्लाको माैलापुर नगरपालिका वडा नम्बर -७ पथरा-बुधराममा एक पोल्ट्रि फार्ममा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।

पथरा-बुधराम निवासी नन्हुक दास तत्माको उक्त पोल्ट्रि फार्ममा एक्कासी विद्युत सर्ट हुँदा आगलागी भएको बुझिएको हो ।

पोल्ट्रि फार्ममा आगलागी हुँदा फार्ममा राखिएको ५ बोरा पेलेट दाना, एक सय जति कुखुराको चल्ला र पुरै फार्म जलेर नष्ट भएको पिडित परिवारले बताइएको ्छ ।

आगलागीहुदा कुल मिलाएर लगभग ४ लाख बराबरको क्षति भएको पीडित परिवार तथा पोल्ट्रि फार्मका प्रमुख नन्हुक दास तत्माले जनाएका छन् ।

आगलागी्लाई स्थानीय बासीहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस