रौतहट,१३ पुस । अचानक मौसम परिवर्तनका कारण रौतहटमा आज देखि जोडो बढदै गएको छ ।
रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकामा आजको मौसमले गर्दा जनजीवन अस्तव्यस्त रहेको बताउँछन्। बुधबार बिहान देखि मौसम परिवर्तन हुँदा बाक्लो हुस्सुका साथै कठायाङ्ग्रिए चिसो बढेका छन । पुषको महिना्मा अचानक मौसम परिवर्तन भएको हुनाले कतै आउन जान कठिनाई भएको स्थानिय वासिले बताएका छन ।
बुधबार पनि बिहानै देखी बाक्लो हुस्सु र चिसो कठायाङ्ग्रिए हावाका कारण जाडो बढेको छ ।हुस्सु लागेपछि जिल्लाको जनजिवन प्रभावित बन्दै जान थालेको छ । हुस्सु र शितलहरका कारण सडकमा मोटर,साईकल ,जिप ,बस लगायतका सवारी साधनलाई पनि चल्न गाडो भएको छ ।
शितलहरका कारण जिल्लाका प्रमुख व्यापारीक बजारहरुमा पनि चहल पहल कम भएको छ । जाडोले विपन्न परिवारहरू मारमा परेका छन् ।बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण रौतहटका जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो । मौसम बदली भई अचानक बढेको कठ्यांग्रिदो चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्बासी परिवार बढी प्रभावित भएका छन् ।
शरीर ढाक्ने न्यानो कपडा र रातको लागि ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याग्रिएरै बस्न बाध्य भएका हुन् । यसैगरि पशु चौपाया र पक्षीहरु पनि चिसोले प्रभावित भएका छन् । न्यानो कपडा नभएको र आगो ताप्न काठ दाउरासमेत उपलब्ध नरहेको क्षेत्रका विपन्न परिवार कठ्यांग्रिएरै दिनचर्या काट्न बाध्य भएका छन् ।
चिसोले घरपालुवा पशुपक्षी, बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्ति बढी प्रभावित भएका छन् ।चिसो मौसममा पशुपंक्षी ,बालबालिका ,बृद्धबद्धाहरुमा झन समस्या थपिदै जान थालेका छन ।