रौतहट, १४ पुस I मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा भएको निर्वाचनमा कृष्ण यादव भारी मतान्तरले निर्वाचित भएका हुन् । कृष्णले २२ मध्ये १८ मत पाउँदा अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाए ।
मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । जनकपुरधामस्थित पार्टी कार्यालयमा भएको निर्वाचनमा कृष्ण यादव भारी मतान्तरले निर्वाचित भएका हुन् । कृष्णले २२ मध्ये १८ मत पाउँदा अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाए ।
पार्टीको प्रदेश अधिवेशनमा कृष्णसँग राजसरोज पराजित भएका थिए । यसअघि मधेस प्रदेशमा रामसरोज संसदीय दलको नेता थिए । ०७४ मा सर्वसम्मत रुपमा संसदीय दलको नेता बनेका रामसरोज यसपटक कृष्णसँग भारी मतान्तरले पराजित भए ।