मधेश प्रदेश सभाका सदस्यले आज शपथ लिने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १५, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
मधेश प्रदेश सभाका सदस्यले आज शपथ लिने

रौतहट,१५ पुस I मधेश प्रदेशसभाका नवनिर्वाचित प्रदेश सभा सदस्यले आझ पद तथा गाेपनियताकाे शपथ लिँदै छन् ।

मधेश प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपाने (७१) ले दिउँसाे २ बजे १ सय ६ जना सदस्यलाई आज शपथ ग्रहण गराउनुहुने प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रसँग बिहीबार ज्येष्ठ सदस्यकाे शपथ लिएका न्याैपानेले आज प्रदेश सभाका बाँकी सदस्यलाई शपथ गराउन लागेका हुन् ।

सभामुख र उपसभामुख चयन नहुँदासम्म न्याैपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेश सभाको अध्यक्षता गर्ने छन् ।

१०७ सदस्य रहेकाे मधेश प्रदेशसभामा नेकपा एमालेबाट प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सांसद् छन् । कांग्रेसबाट प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२, जसपाका प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३, लोसपाका प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९, माओवादी केन्द्रका प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सांसद् छन् ।

एकीकृत समाजवादीका प्रत्यक्षतर्फ ४ र समानुपातिकमा ३ गरी ७ जना सांसद् छन् । राप्रपा, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १-१ जना समानुपातिक सांसद् छन् । ६ जना स्वतन्त्र सांसद्ले पनि मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन् ।

प्रदेश प्रमुख मिश्रले बिहीबार नै मधेश प्रदेशसभाको अधिवेशन पुस १८ गतेका लागि बोलाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस