रौशन कुमार चौधरी
रौतहट, १६ पुष । विगत केहि दिन देखि अचानक राैतहट लगायत देशै भरी बढेको चिसोका कारण बालबालिका, बृद्ध बृद्धा, अपांगहरु बढ़ी प्रभावित भएका छन ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ फत्तेपुरमा ४० जना अशक्त अपांगहरुलाई,गरिब परिवारलाई जाड़ोंबाट बाच्नको लागि सिरक वितरण गरिएको हो । राैतहटमा विगत केहि दिन देखि चिसोको कारण बालबालिका, बृद्ध बृद्धा, अपांगहरु बढ़ी प्रभावित भएकाले सिरक वितरण गरिएको छ । युवा नेता एवम् समाजसेवी आलमले अलमहम्द दि वेलफेयर दुनिया प्रोजेक्ट नेपालद्वारा ४० जनालाई सिरक वितरण गरेको छ ।
यो भन्दा पहिला श्री अधारभुत बिधालय फत्तेपुरमा १०० जना बालबालिकालाई ब्याग वितरण थियो । सो कार्यक्रममा आलमलाई भु. पु वडा सदस्य प्रसाद सहनिले धन्यवाद व्यक्त गरेका थिए ।
कटहरिया नगरपालिका भरीका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै आईरहेको छ । सो संस्थाका माध्यमले जिल्ला भरी आलमले विगत दुई वर्ष देखी रौतहटको ४ वटा नगरपालिकाको विभिन्न वडामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री,जुत्ता मोजा,विपन्न परिवारलाई राहत लगायतका सामग्रीहरु वितरण गरिसकेको जानकारी गराएका छन्।
विगत दुई वर्षदेखि हालसम्म दुई सय घरपरिवारलाई राहत(चामल,दाल, नुन) १ हजार विद्यार्थीहरुलाई शैक्षिक सामग्री(कोपी कलम,बैग) तथा चिसो बाट बाच्नका लागि जुता मोजा र जैकेट गरि सामग्रीहरु वितरण गरिसकेको र आउदो दिनमा फत्तेपुरमा रहेको आधारभुत बिधालय मा पढने सम्पुर्ण बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने संस्थाका अध्यक्ष शेख प्रवेज आलमले बताएका छन्।
रौतहटको कटहरिया,गरुडा,गुजारा र गढिमाई नगरपालिकाको विभिन्न वडाको विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री,जुत्ता मोजा,विपन्न घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको संस्थाका अध्यक्ष आलमले बताएका हुन्। झण्डै २ वर्ष देखि संचालनमा आएको अलमहम्द दि वेलफेयर दुनिया प्रोजेक्ट नेपाल संस्थाका मध्यमले आलम अहिले रौतहट जिल्लामा लोकप्रिय बन सफल भएका हुन्। समाजसेवी आलमले आफ्नो निजि लगानीमा समेत विपन्न तथा असहाय घरपरिवारलाई राहत,चापाकल,विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री लगायतका सामानहरु वितरण गर्दै आएका छन्।