रमेश कुमार यादब
रौतहट, १६ पुस I रौतहट जिल्लामा बढदै चिसो छल्नको लागी गरुडा नगरपालिकाले दाउरा बितरण गरिएको छ ।
जिल्लाको मध्यभागमा अवस्थित रहेको तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिकाको लोकप्रिय नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले कठ्याग्रिदो जाडो बढेसँगै गरुडा नगरपालिकाले ९ वटै वडामा आगो ताप्नको लागी दाउरा बितरण गर्नु भएको छ । नगरबासिको जिउज्यानको प्रत्याभुतिको सुरक्षा गर्ने जिम्मेवारी रहेका हुँदा शनिबार ९ वटै वडाका वडाअध्यक्षको रोहबरमा आवश्यक स्थानको पहिचान गरी आगो ताप्न नगरपालिकाले दाउरा उपलब्ध गराएको हो ।
गत बुधबारदेखि अचानक एक्कासि मौसम परिवर्तन भई सितलहरी सुरु भएकाले ठाउँठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको नगरपालिका नगर प्रमुख जैसवालले बताए ।नगरपालिकाले यस वर्ष जाडोबाट बँच्न र आगो ताप्नका लागी डिभिजिन वन कार्यालय रौतहटसंग समवन्य गरि चार चक्का अर्थात ८ ट्रयाक्टर दाउराको व्यवस्था गरेको छ ।
नगरपालिकाले बजार क्षेत्र गरुडा, मेथुर चौक ,चिनिमिल चोक, मालपोत कार्यालय ,मठमन्दिर ,मस्जिद,सार्वजनिक स्थल,प्रहरी चौकी लगायतका स्थानमा आगो ताप्नको लागी दाउरा बितरण गरेको मेयर जैसवालले जनाएको छ ।
अझै आवश्यक परेका ठाउँमा आगो बाल्न दाउरा तत्काल पुर्याउने व्यवस्था मिलाइएको बताउँदै नगर प्रमुख जैसवालले जरुरत परेको ठाउँमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दाउरा पठाउन बताउनु भयो ।