रौतहट, १७ पुस । नेपाल तुरहा कल्याण समितिको चौथो केन्द्रिय वार्षिक सधारण सभा बौधीमाई नगरपालिका- ७ बंकुलमा एक कार्यक्रम वीच सम्पन्न भएको छ ।
राष्ट्रिय पहिचान, जातिय स्वाभिमान, समग्र र आत्मसम्मान रक्षाको लागि तुरहा समुदाय एक जुट होऔं नाराको साथ सरमुजवा बंकुल स्थित सिता पार्टी पैलेसमा तुरहा कल्याणका केन्द्रिय अध्यक्ष विपिन साह तुरहाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपाल भारतका तुरहा समुदायिको विभिन्न पदमा रहेको अधिकारीहरुको उपस्तिति रहेको थियो ।
कार्यक्रममा तुरहा जातिको शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिकमा पिछडिएको विषयमा विशेष छलफल भएको थियो । कार्यक्रम वीच केन्द्रिय र जिल्ला स्तरीय नयाँ समिति गठन गरिएको छ । केन्द्रिय कार्य समितीको अध्यक्षमा विपिन साह तुरह , उपाध्यक्ष हरिवंश साह तुरहा , कोषाध्यक्ष हरिशचन्द्र प्रसाद तुरहा , महासचिव उमेश प्रसाद साह , सचिव ओम प्रकाश साह , संरक्षक प्रमेश्वर साह तुरहा र सदस्यमा जितेन्द्र प्रसाद साह , मनोज साह तुरहा , दिपेन्द्र साह , दिपक कुमार साह , गुडिया देवी तुरहा , लालपरी देवी तुरहा, तेतरी देवी तुरहा सहित १३ सदस्य गठन भएका छन् ।
त्यस्तै जिल्ला कमिटीमा रौतहट जिल्ला अध्यक्षमा संजय साह तुरहा, उपाध्यक्ष अकलु साह तुरहा , कोषाध्यक्ष रामविनय साह तुरहा , सचिव अर्जुन साह तुरहा, सह-सचिव प्रेमलाल साह तुरहा र सदस्यमा छठु साह तुरहा , गंगाराम साह तुरहा , रूपलाल साह तुरहा , मालाकुमारी साह , गायत्री देवी सहीत ११ सदस्य गठन भएका छन् ।
सो कार्यक्रमको प्रमुख अतिथिमा रौतहट क्षेत्र नं.२ का निर्वाचित सांसद मा. किरण कुमार साह , विशेष अतिथि बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादव , अखिल भारतीय जागरण मन्चका अध्यक्ष प्रमेश्वर साह तुरहा र इशनाथ नगरपालिकाका निवर्तमान नगर प्रमुख संतोष मेहता लगायत विभिन्न नगरका नेता तथा स्थानीयहरुको उपस्तिति रहेको थियो ।