मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठा भित्र मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष १८, सोमबार (३ साल अघि)
  • ६ पटक पढिएको
मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठा भित्र मृत्यु

रौतहट,१८ पुस I मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर ज्यान गएको छ ।

भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको हो ।

कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला ९रेलमा प्रयोग हुने० बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्तले जानकारी दिए ।

बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए । मृतकको घरमा दुई छोरी र एक छोरा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस