रौतहट । पुष १८ गते ।
राैतहटकाे कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले अल्ट्रासाउन्ड मेसिन लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रलाई लाखाैं मुल्य बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेका हुन् ।
साेमबार आयोजित एक कार्यक्रमका बीच मेयर जयसवालले प्रथमिक स्वास्थ्य केन्द्र कटहरियाका ईन्चार्ज डा.अनिल साहलाई साे सामग्री हस्तान्तरण गरेका हुन् । आफनै पहलमा मेयर जयसवालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत आपुर्ती महा शाखा काठमाठौंबाट सहयोग प्राप्त भिडियो एक्सरे मेसिन,अक्सिजन ,नेबुलाईजर सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य संस्थालाई प्रदान गरेका हुन् ।
ग्रामीण क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य परीक्षण र त्यसको नतिजाको आधारमा उपचार गर्न सहयोग होस भन्ने उद्देश्यले उक्त अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको उनले बताए । नगरवासीकाे स्वास्थ्यकाे मध्य नजरगरि मेयर ती औषधीहरू खरिद गराई वितरण गराउनु भयाे ।
कार्यक्रममा नि.प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र यादव,याेजना शाखा प्रमुख रामनरेश यादव , स्वस्थ्य संयोजक सन्जय साह, डा.धर्मेन्द्र पटेल लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे ।