रौतहट,२१ पुस । रौतहट जिल्लाको गरुडा नगरपालिकाले शिक्षकहरुलाई सरुवा गरेको प्रति प्रधानाध्यापक प्रभु पटेल आपति जनाएको छ ।
जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिकाको नगरकार्यपालिकाको बोड बैठकले नगरपालिकाको मातहातमा रहेको चार ओटा बिधालयका प्रधानाध्यापकहरुलाई सरुवा गर्ने निर्णय गरेको थियो । सोहि निर्णयको आपति जनाउदै गरुडा नगरपालिकाका ४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु नगरपालिकाले सरुवा गरेपछि नगरका प्रधानाध्यापकहरुले बिरोध जनाएका छन ।
गरुडाका सामुदायिक विद्यालयहरुमध्ये नमुना मावि गरुडाका प्रधानाध्यापक प्रभु पटेल ,मावि नयाँ गम्हरिया श्रीपुरका प्रधानाध्यापक रामआधार पासवान र मावि गेडाहीगुठीका प्रधानाध्यापक जँग बहादुर ठाकुरलाई सरुवा गरेपछि नगर भरिका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरु एकजुट भएका छन ।
उनीहरु बिहिबार एक प्रेस मिट राखि नमुना मावि गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल भने नगरपालिकाको बोर्ड बैठकले गरेको सरुवा नियमबिपरित रहेकोले हामि सबै प्रधानाध्यापकहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।
शिक्षा ऐन २०२८ , शिक्षा नियमावली २०५९ तथा स्थानिय सरकार सञ्चालन ऐन २०७४ मा तोकिएको शिक्षक सरुवा प्रक्रिया विपरित सरुवा गरे कार्य गैर कानुनी प्रति हामि सबै प्रधानाध्यापकको गम्भीर ध्यानाकर्षण भएको र तुरुन्त यो निर्णयलाई बदर गर्न नगर प्रमुख कन्थमनि प्रसाद जैसवालसंग आग्रह समेत गर्नु भएका थिए । शिक्षा ऐन २०२८ , शिक्षा नियमावली २०५९ अनुसार सरुवा गर्ने निर्णय जिल्ला शिक्षा समन्वय ईकाई र नगरपालिका तथा शिक्षकको सहमतिमा सरूवा गर्ने अधिकार मात्र रहेको र त्यस बाहेक अरुको अधिकार नरहेको बताउनु भयो ।
देशभरिको नगरपालिका अहिले २०७४ को अनुसार नै चलिरहेको छ तर स्थानिय सरकार सन्चालन ऐन २०७४ को दफा ११ को (२)को (ञ)मा शिक्षा सम्बँन्धी ब्यवस्था रहेको भएका तापनि त्यसमा स्थानिय सरकारलाई सरुवा गर्ने अधिकार नरहेको पनि बताउनु भयो । उक्त सरुवा यथाशिघ्र बदर गरी विद्यालयलाई राजनीतिकरणबाट जोगाई शान्ति क्षेत्र कायम गर्ने नगर प्रमुख जैसवालसंग अनुरोध समेत गर्नु भएका थिए ।