प्रहरीद्वारा एक करोड ३४ लाखभन्दा बढीको अवैधऔषधि सहित एक जनालाई गरे पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २२, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
प्रहरीद्वारा एक करोड ३४ लाखभन्दा बढीको अवैधऔषधि सहित एक जनालाई गरे पक्राउ

रौतहट, २२ पुस I प्रहरीले वीरगञ्जको छपकैयाबाट एक करोड ३४ लाखभन्दा बढीको अवैधलागूऔषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ।

बिहीबार वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकिराखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार उनलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस