सागर संगम ठाकर ।
रौतहट पुस २२ गते
तराई मधेस सहित देशभरिनै शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि चिसोलाई ख्याल गर्दै नगरबासीकाे लागि रौतहटकाे देवाही गाेनाही नगरपालिकाले दाउराको ब्यवस्था मिलाएको छ ।
जिल्लाको मध्यभागमा अवस्थित रहेको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले आफ्नो नगरवासीलाई ख्याल गरि कठ्याग्रिदो जाडोबाट बच्नकाे लागि ९ वटै वडामा आगो ताप्नकाे लागि दाउराको व्यवस्था मिलाएको छ । नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि नगरले वडा कार्यलयमा दाउरा पठाउने क्रमलाई तीर्व पारेको हो । डिभिजन वन कार्यलय रौतहटसँग समवन्य गरी नगरको कार्यलयमा ल्याइएको दाउरा वडा कार्यलयमा पठाउन थालिएको नगर प्रमुख साहले जानकारी दिए ।
गत बुधबारदेखि अचानक अचानक मौसम परिवर्तन भई सितलहरी सुरु भएकाले ठाउँठाउँमा दाउरा पठाएर आगो ताप्ने व्यवस्था मिलाइएको नगरपालिकाका नगर प्रमुख साहले बताए ।नगरपालिकाले यस वर्ष नागरिकलाई जाडो छलनकाे लागि दाउरा डिभिजिन वन कार्यालय रौतहटसंग समवन्य गरि ट्रयाक्टरमा मगाईएकाे नगर प्रमुख साहले भने ।नगरपालिकाले उपलब्ध गराएको दाउरा नगरपालिकाकाे सार्वजनिक स्थल तथा चौक चौकमा र आवश्यकताअनुसार ठाउँ ठाउँमा समेत उपलब्ध गाराउन नगर प्रमुख साहले बताए ।
नगर प्रमुख साहले उपलब्ध गराएको दाउरा बाट स्थानिय नगरबासीले नगर प्रमुख प्रेमलाल साहलाई धन्यवाद समेत दिन थालेका छन ।