रौतहट,२३ पुस । तराई मधेस सहित देशभरिनै शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि रौतहट जिल्लाको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले आफ्नो नगरवासीलाई द्वारा दाउरा वितरण गरिएको छ ।
बढ्दो चिसोलाई मध्ये नजर गर्दै १ देखि वडा नं ९ सम्मको सबै नगरबासीलाई आगो ताप्न चिसोबाट बाच्नको लागि टोल टोलमा दाउराको व्यवस्थापन गराएको छ । आगो तापनकाे लागि दाउराको व्यवस्था मिलाएको छ । नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि नगरले वडा कार्यलयमा दाउरा पठाउने क्रमलाई तीर्व पारेको हो ।
डिभिजन वन कार्यलय रौतहटसँग समवन्य गरी प्रत्येक वडा कार्यालयमा ल्याइएको दाउरालाई टोल टोलमा पठाउन थालिएको नगर प्रमुख जयसवालले जानकारी दिए । गत बुधबारदेखि अचानक अचानक मौसम परिवर्तन भई सितलहरी सुरु भएकाले नगरपालिकाले यस वर्ष नागरवासीलाई जाडो छलनकाे लागि दाउरा डिभिजिन वन कार्यालय रौतहटसंग समवन्य गरि ट्रयाक्टरमा मगाईएकाे नगर प्रमुख जयसवालले उपलब्ध गराएको छ । उपलब्ध गराएको दाउरा बाट स्थानिय नगरबासीले नगर प्रमुख नगर प्रमुख जयसवाललाई धन्यवाद समेत दिन थालेका छन ।