रमेश कुमार यादव
रौतहट, २५ पुस । रौतहटको गरुडामा शिक्षक सरुवाको बिषय सदर गर्न सोमबार नगरपालिका र ईलाका प्रहरी कार्यालय गरुडामा ज्ञापनपत्र बुझाएका छन ।
शेख सम्ताजको संयोजक्तवमा गरुडाका स्थानीयको रोहबरमा नगर कार्यापालिकाको बोर्ड बैठकले ४ वटा बिधालयको प्रधानाध्यापकहरुलाई गरेको सरुवाको निर्णय सदर गर्न भनि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल र ईलाका प्रहरी कार्यालय गरुडामा ज्ञापन पत्र बुझाएका छन ।
ज्ञापन पत्र बुझाउनु अघि सयकडौँ नेता तथा कार्यकर्ताहरु शिक्षा स्वास्थ्य हाम्रो अभियान अनुसार “राजनितिक गर्न शिक्षक कर्मचारी चाहिदैँन ,चाहिदैँन ,शिक्षकको आडमा बालबालिकाको प्रयोग गर्ने बन्द गरौँ ,बन्द गरौँ ,नगरपालिकाको निर्णय सदर गर्रौ ,सदर गरौँ ,बिधालयको हरहिसाब सार्वजनिक गर ,सार्वजनिक गर“ भनि लेखेका बैनर लिएर शेख सम्ताजको संयोजक्तवमा बिरोध जुलुस निकालि गरुडाको परिक्रमा गरि नगरपालिकाको अगाडी कोण सभा सम्पन गरेको थियो ।
सोहि क्रममा शेख सम्ताजले भने कि बर्षौदेखि एउटै विद्यालयमा जरा गाडेर बसेका शिक्षक र प्रधानाध्यापकहरुलाई पायक पर्ने बिधालयहरुमा दरबन्दी सहित सरुवा तथा पदस्थापन गरेको र नगर कार्यपालिका तथा नगर शिक्षा समितिको निर्णयको विरोधप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
विद्यालय जस्ता शान्ति क्षेत्रलाई अशान्त पार्न आफ्नो ब्क्तिगत स्वार्थ पुरा गर्न बन्द हडताल र नाराजुलुस जस्ता अराजक कार्यमा संलग्न गराएको कार्यप्रति हामी विभिन्न राजनितिक दल समाजसेवी, बुद्धिजीवि, शिक्षाप्रेमी तथा नागरिक समाजले खेद प्रकट गरेका थिए ।
तुलनात्मक रुपमा थोरै विद्यार्थी भएको विद्यालयमा धेरै शिक्षक दरबन्दी र धेरै भएको बिधार्थी संख्या भएको बिधालयमा थोरै दरबन्दी हुनु एउटा आफैमा आपतिजनक विषय रहेका बताउनु भयोे ।
शिक्षक÷प्रअहरुको सरुवाले विद्यालय तथा विद्यार्थीहरुको शैक्षिक तथा भौतिक अवस्थामा सुधार आउने सम्भावना देखिएको छ । सरुवा भएका शिक्षक÷प्रअहरुले विद्यालयको आन्तरिक स्रोत भएका विद्यालयहरु छाडी आर्थिक लोभको कारण अन्य विद्यालयमा सरुवा भई जान नमान्नु वहाँहरूको स्वार्थी भावनालाई प्रष्ट देखाईरहेको कार्य प्रति खेद प्रकट गरेका छन ।
विद्यार्थी हरुको भविष्य निर्माणमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न प्र.अ प्रभु राउत, रामधार पासवान र मोजेलाल साहले नगर कार्यपालिका तथा नगर शिक्षा समितिको निर्णयलाई सम्मान गरी आफू पनि उच्च सम्मानका साथ सरुवा भएका विद्यालयहरुमा पदस्थापन भई प्राज्ञिक भूमिका निर्वाह गर्न हामि आशाबादी रहेको पनि बताउनु भयो ।
नगर कार्यपालिका तथा नगर शिक्षा समितको शिक्षक÷प्र.अ सरुवा निर्णय कदापि फिर्ता तथा बदर हुनु हुदैन ,कम्तिमा प्रत्येक पाँच वर्षमा शिक्षक÷प्र.अको सरुवा अनिवार्य गर्नुपर्ने ,सामुदायिक विद्यालयले प्रत्येक वर्षको आर्थिक कारोबार सार्वजनिक गर्नुपर्ने ,विद्यालयमा राजनितिक भित्राउने शिक्षक प्र.अमाथि कारवाही हुनुपर्ने ,स्थानीय सरकारको निर्णय कार्यान्यन हुनु पर्ने नगर कार्यपालिका र नगर शिक्षा समितिले गरेको शिक्षक प्र.अहरुको सरुवा निणर्य फिर्ता हुदैन संयोज शेख सम्ताजकोले बताए ।