रौतहट, २७ पुस I रौतहटको गरुडाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा वार्ड नं -३ का वडाअध्यक्षले कम्बल बितरण गर्नु भएका छन । गरुडा नगरपालिकाको वडा नम्बर ३ मलाहिका वडाअध्यक्ष अम्बिका सहनीले कम्बल बितरण गर्नु भएका छन ।
गत डेढ हप्तादेखि लगातार कठयाङ्गग्रिदो चिसो कुहिरो र चलेको चिसो स्याँठले अति बिपन परिवार ,मजदुर ,गरिब ,अपाङ्ग ,बृद्धबृद्धा ,जेष्ठ नागरिक लगायत पशुचौपायाहरुको जिवन कष्टकर बन्दै गईरहेको छ ।वडा अध्यक्ष सहनीले आफ्नो वाडको नागरिक प्रति उतरदायि रहेको हुँदा उनीहरुको जिवज्यानको रक्षा आफ्नो कर्तब्य रहेकोले मंगलबार एक कार्यक्रम बिच गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा कम्बल बितरण गर्नु भएको छन ।
वडा अध्यक्ष अम्बिका सहनीले आफ्नो वाडबासिको ज्यानको रक्षा गर्ने जिम्मेवारी आफ्नो रहेको हुँदा आर्थिक बर्ष २०७९/०८० को नगर सभाबाट जाडो महिनामा कम्बल बितरण गर्ने भनि स्वीकृत गराएको रकमबाट मंगलबार आफ्नो वार्ड कार्यालयमा वार्डका जेष्ठ नागरिक ,बिधवा ,एकल महिला र पुर्ण रुपले अपाङ्ग रहेकाहरुलाई कम्बल बितरण गर्नु भएका छन ।
उहाले मंगलबार मलाहिका २०६ जना जेष्ठ नागरिक ,बिधवा ,एकल महिला र पुर्ण रुपले अपाङ्ग ,अशक्त चिसोले अति प्रभावित ब्यक्तिहरुलाई कम्बल वितरण गर्नु भएका छन ।
सोहि कम्बल बितरण कार्यक्रममा नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले भने कि निर्वाचित भए पछि असार १० गते भएको नगर परिषदमा वडाअध्यक्ष अम्बिका सहनीले आफ्नो वार्डको वाडवासिको लागी चिसोको समयमा प्रभाबित हुने भएकोले उहाँले वाडबासिको जिवज्यानको रक्षाको तथा चिसो छल्नका लागी कम्बल बितरण गर्ने भनि रकम छुटयाउनु भएको थियो ।
सोहि छुटयाएको रकमले उहाँले आज कम्बल बितरण गरिरहेको हुँदा यो सराहनिय कार्यप्रति धन्याबाद दिदैँ छु नगर प्रमुख जैसवालले भन्नु भयो ।यति मात्र नभए वाडबासिहरुको सहयोगले गर्दा वार्डमा बिभिन्न किसिमको योजना ल्याउने सोच बनाउनु भएको पनि नगर प्रमुख जैसवालले बताउनु भयो ।
सोहि कम्बल बितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष सहनीले असाय , गरिब , असक्त , निमुखा परिवारलाई परेको आपतबिपत परेको बेला कुनै पनि समय सहयोग गर्नमा पछाडी नपर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।उहाले आफ्नो वार्डको कुनै पनि ब्यतिm चिसोको कारण अकालमै मृत्यु नहोस भनि उदेश्यले चिसो छल्नका लागी कम्बल बितरण गरेको बताउनु भयो ।
गरुडा नगरपालिकाको वडा नम्बर ३ मलाहिका विकास ,शैक्षिक अबस्था ,स्तरउन्नती ,सडक लगायत स्थानियबासीको ज्यानको रक्षाका लागी बिभिन्न योजना बनाई वाडबासिको सहयोगले कार्यान्वयन गर्दै जाने बताउनु भयो ।।
रौतहटमा चिसो बढेसंगै मलाहिबासिले कम्बल पाएपछि स्थानियबासी हर्षित हुँदै वडाअध्यक्ष सहनीको सराहनिय कार्य प्रति वाडबासिहरुले धन्याबाद दिएका थिए ।चिसो बढेसंगै अहिले रौतहटमा सर्वसाधारण मानिसदेखि अति बिपन्न ,मजदुर , गरिब , एकल महिला ,जेष्ठ नागरिकहरुले समस्या भोगीरहेका छन ।