बिना श्रीवास्तव
रौतहट,२७ पुस । रौतहटको गौरमा हानिकारक सामाजिक मूल्य मान्यताहरू र तिनले यौन स्वास्थमा पर्ने असरहरू बारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आसमान नेपालको आयोजना तथा ब्रिटिश काउन्सिल र भी. एस. ओ (vso) को सहयोगमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सहजकर्ताको रूपमा पुनम ठाकुरले आफ्नो प्रस्तुतिकरण गर्दै विषय वस्तुलाई प्रस्ट्याउनु भएकाे थियाे। हानिकारक सामाजिक मूल्य, मान्यताहरूका कारण यौन स्वास्थमा पर्ने विभिन्न प्रकारका असरहरु बारे चर्चा गरिएको थियो ।
हानिकारक सामाजिक मूल्य मान्यतामा बालविवाह, दाइजो, लिङ्गको अाधारमा विभेद, धार्मिक परम्परा, रीतिरिवाज,आदि रहेको र यसले व्यक्तिको यौन स्वास्थमा नकारात्मक असरहरु पर्ने गरेको सहभागीहरुले बताएका छन् ।
हानिकारक मूल्य मान्यतालाई जरै देखि उखेल्न नसकेपनि न्युनिकरण गर्न सबैले आआफ्नो सोचमा परिवर्तन गरी व्यावहारिक जीवनमा त्यसलाई उतार्नु पर्ने जरुरी रहेको कार्यक्रममा उपस्थिति विभिन्न वक्ताहरुले जिकिर गरेका छन् । गौर स्थित सिया प्यालेसको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक अगुवा, धार्मिक अगुवा,सामाजिक अभियन्ता,लगायत २० जनाको सहभागिता रहेको थियो ।