कटहरियाको मेयर अजय प्रकाश द्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब ७० लाखको ल्याब सम्बन्धि सामाग्री तथा उपकरण हस्तान्तरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २८, बिहिबार (३ साल अघि)
  • ७ पटक पढिएको
कटहरियाको मेयर अजय प्रकाश द्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब ७० लाखको ल्याब सम्बन्धि सामाग्री तथा उपकरण हस्तान्तरण

पवन कुमार उपाध्याय

रौतहट,२८ पुस । रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले ल्याब सम्बन्धि मेसिनहरु हस्तान्तरण गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब ७० लाख मुल्य बराबरको ल्याब सम्बन्धि सामाग्री तथा उपकरण हस्तान्तरण गरेका हुन् । बुधवार आयोजित एक कार्यक्रमका बीच मेयर जयसवालले स्वास्थ्य केन्द्रका ईन्चार्ज डा.अनिल साहलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

नगर भित्र रहेका जनता लाई ध्यान गर्दै मेयर जयसवालले मधेश प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको सहयोगमा प्राप्त माइक्रोस्कोप,इसिजि मेसिन सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य संस्थालाई प्रदान गरेका हुन् ।

नगरवासीहरुलाइ ल्याब जाँच गराउन सहयोग होस भन्ने उद्देश्यले उक्त सामानहरु हस्तान्तरण गरिएको उनले बताए । नगरवासीको स्वास्थ्यको मध्य नजरगरि अव बाहिर जानु भन्दा नगरपालिका भित्र जनतालाई सहज रुपमा सेवा लिन पाईन्छ भन्दै मेयर जैसवालले ती सामाग्रीहरु वितरण गरिएको छ भने उनले बताए ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ८ का वडा अध्यक्ष समिशबिक्रम शाह,कार्यपालिका सदस्य दिलिप साह,पत्रकार प्रकाश श्रेष्ठ,स्थानिय भद्रभलादमी, लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस