रौतहट, २८ पुस । रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले अति गरिब,बिपन्न परिवारहरुलाई चिसो छल्न कम्बल बितरण गर्नु भएका छन ।रौतहटमा करिब दुई हप्तादेखि लगातार बढेको कठयाङ्गग्रिदो चिसो कुहिरो र चलेको चिसो स्याँठले जनजिवन निर्वाह गर्न कष्टकर बन्दै गईरहेको छ ।
यो कठयाङ्गग्रिदो चिसो कुहिरो र चलेको चिसो स्याँठले बिपन्न ,गरिब ,दलित तथा मजदुरी गरी परिवारको छाक टार्ने परिवारलाई चिसो छल्न अति नै समस्या भईरहेको छ ।राती घरमा सुत्ने परिवारले ओढने न्यानो तथा ओछयाउने कपडा नहुँदा उनीहरु पराल ओछयाएर तथा ओढेर दिनअचार्य बिताउन बाध्य भएका छन ।
सोहि कुराको मध्यनजर गर्दै नगर प्रमुख जैसवालले चिसोबाट प्रभावित गरुडा नगरपालिका वडा नम्बर ९ का २५ जना गरिब तथा विपन्न ,जेष्ठ नागरिकहरुलाई बिहीबार कम्बल वितरण गर्नु भएका छन ।नगर प्रमुख कन्थमनी जैसवालले गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेका हुन् ।
केही दिन यता मधेशमा लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा मेयर जैसवालले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर कम्बल वितरण गरिएको नगर प्रमुख जैसवालले बताउनु भयो ।
अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् ।
सो अवसरमा गरुडा नगरपालिकाका वडा नम्बर २ का वडाअध्यक्ष कृष्णनन्दन सहनी,वार्ड नं.४ का वडाअध्यक्ष सुनिल जैसवाल ,वडा नम्बर ९ का वडा अध्यक्ष राजेश सहनी,नि.प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादव ,गरुडा नगरपालिकाका बरिष्ठ सहायक (ना.सु)रामानन्द सहनी ,प्रशासन शाखा प्रमुख प्रशान्त कर्ण लगायत भद्रभलादमी,स्थानियहरुको उपस्थिती रहेको थियो ।
चिसो मौसममा कम्बल पाउँदा स्थानियहरुले मेयर जैसवालको यो कार्यको सराहना गर्दै धन्यवाद समेत दिएका छन् ।नगर प्रमुख जैसवालले बाँकी रहेको वार्डका अति गरिब ,अशक्त ,अपाङ्ग ,जेष्ट नागरिकहरुको तथ्याङ्क संकलन गरि प्रत्यके वार्डका वडाअध्यक्षहरु लगायत गाउँका बृद्धजिविहरुसंग छलफल गरि कम्बल बितरण गर्ने पनि बताउनु भयो