मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ पौष २९, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण

रौतहट,२९ पुस I मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन्।

मधेश भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिएपछि उनले शुक्रबार जनकपुरधाममा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको शहीदद्वार पुगेर शहीदहरूको शालिकमा माल्यार्पण गरेका थिए । मुख्यमन्त्री यादवले ​शहिदहरूको तस्वीरमा माल्यार्पणपछि मुख्यमन्त्री कार्यालय पुगेका पदभार सम्हालेका छन्। उनलाई मुख्यमन्त्री कार्यालयका सचिव कृष्णबहादुर राउतले पदभार ग्रहण गराएका हुन्।

पद सम्हालेलगत्तै मुख्यमन्त्री यादवले प्रदेशको ई-गवर्नेन्स मास्टर प्लान तयार पार्ने पहिलो निर्णय गरेका छन्। प्रदेशमा सेवालाई प्रभावकारी बनाउन विद्युतीय सञ्जालसँग जोड्ने गरि ई-गवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णयसमेत गरिएको बताए। उनले प्रदेशका हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राख्नसमेत निर्देशन दिएका छन्। मुख्यमन्त्री यादवले एक साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने र विश्वासको मत लिने बताए ।

शुक्रबार मुख्यमन्त्रीसहित चारजना मन्त्रीले शपथग्रहण गरे पनि उनीहरूको मन्त्रालय तोकिएको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस