सागर संगम ठाकुर
रौतहट । पुस २९ गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा निःशुल्क परिवार नियोजन स्थाई बन्ध्याकरण शिविर संम्पन भएको छ।
व्यवस्थित परिवार, सुखीको आधार भने मुल नाराको साथ जिल्ला स्वास्थ्य कार्यालय रौतहटको आयोजना र सुनौलो परिवार नेपालको संयुक्त आयोजना तथा देवाहीगोनाही नगरपालिकाको सहयोगमा तिन दिने शिविर शुक्रबार संम्पन भएको हो ।
गत पुस २७ गते बुधबारका देवाही गोनाही नगरपालिकाले संचालन गरेको नगर अस्पतालमा तिन दिने निःशुल्क परिवार नियोजन बन्ध्याकरण शिविरमा ५७ जना दम्पतीहरूले बन्ध्याकरण गराएका छन ।
वडा नं.७ स्थित रहेको नगर अस्पातलमा ३ दिने परिवार नियोजन शिविरको नगर प्रमुख साहले उदघाटन गरेको थियो ।
महिलाहरुका लागि मिनील्याब अप्रेशन क्याम्प कार्यक्रममा पहिलो दिन २२ जना दोस्रो दिन २२ जना र तेस्रो दिन ६ जना गरि जम्मा ५७ जना दम्पतीहरुले अप्रेशन गराएको देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक राजिव कुमार साहले जानकारी दिनु भयो ।
देवाही गोनाही नगरपालिकाको नगर प्रमुखमा प्रेमलाल साह निर्वाचित भए देखि नगरको शिक्षा स्वस्थ्य,बिकाश र पुर्वाधार निर्माणका कार्यहरुमा नगरपालिका निकै अगाडी देखिएको छ ।
नगर प्रमुख साहले नगरमा रहेका अति बिप्पन तथा असहाय ब्यक्तीहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगर अस्पताल संचालनमा ल्याएको बताएका छन ।
देवाही गोनाहीमा सुबिधा संम्पन अस्पताल नहुदा यहाँका नागरिकहरुलाई राम्रो उपचार गराउन बाहिर जानु पर्ने बाध्यता थियो । तर अब नगरमै सुबिधा संम्पन नगर संचालनमा आए पछि नगरबासीको लागि सहज भएको छ ।
धरहरी मौलापुर मुख्य सडक संगै जोडिएको प्रेमपुर गोनाही बजारको पुर्वमा नगरपालिकाले भाडाको घरमा नगर अस्पताल संचालनमा ल्याएको नगर प्रमुख साहले जानकारी दिनु भयो ।