पवन कुमार उपाध्याय
रौतहट, ३० पुस I आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा रौतहट लगाएत आसपासका जिल्लामा सरस्वती पूजाको लागि मूर्ति बनाउनमा मूर्तिकार ब्यस्त छन् ।
यस वर्ष माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्ष पनि उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त छन् । जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । रौतहट जिल्लाको गरूडा नगरपालिका वडा नं- ४ का २८ वर्षीय आनंद कुमार पासवानले भन्छ ‘ आगामी माघ ११ गतेसम्म ३५ प्रतिमा बनाइसक्ने गरी आफूले कार्तिक ३० गते देखि नै काम सुरु गरेको बताउनुभयो ।
गत वर्ष ५० मूर्ति बनाएको थिएँ”, यस वर्ष पनि माघ ११ गतेसम्म सबै मूर्ति बेचिसक्नुपर्नेछ । बाल्यकालदेखि म बुबाबाट सिक्दै र ८ वर्षबाट मूर्ति बनाउँदै आएकोले यो वर्ष मूर्ति बेचेर करिब रु ६० हजार कमाउने लक्ष्य राख्नुभएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजाआराधना गर्ने चलन छ । त्यसलाई लक्षित गरी यहाँका मूर्तिकार माटोका कलात्मक मूर्ति बनाउन व्यस्त हुनुहुन्छ ।
पाँच दिनदेखि ७ दिनमा एउटा प्रतिमा बनाउन समय लाग्ने र रु १००० हजारदेखि रु ७ हजारसम्ममा बिक्री हुने उनीहरु बताउँछन् । सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरू माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको आनंद कुमार पासवानले बताउनुभयो । उहाँले ८ वर्षदेखि हरेक सरस्वती पूजाको समयमा यस्तै काम गर्ने गरेको बताउनुभयो ।
“यसरी माटोबाट बनेका सरस्वतीका कलात्मक मूर्ति बेचेर केही पैसा कमाउँछौँ”, मण्डलले भन्नुभयो, “केही समयका लागि भए पनि मूर्ति बेचेर विद्यालय जाने सन्तान र परिवारको खर्च चल्छ ।” पासवानले खेतीको समयबाहेक हरेक पर्व र सिजनअनुसार मूर्ति बनाएर बेच्ने गरेको र यसले अर्थोपार्जनमा सघाउ पुगेको धारणा राख्नुभयो ।
जागिर छैन, सधैँ काम हुँदैन”, पासवानले भन्नुभयो, “आफूसँग भएको सीपको सदुपयोग गर्दै सरस्वती पूजा, विश्वकर्मा पूजा र अरु समयमा प्रयोग हुने प्रतिमा बनाएर केही भए पनि अर्थोपार्जन भइरहेको छ । ”